शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • पहल कार्यक्रम काे औपचारिक समापन

पहल कार्यक्रम काे औपचारिक समापन

  • शनिबार, साउन ४, २०७६
पहल कार्यक्रम काे औपचारिक समापन

स‌गीता तिमिल्सेना

बाजुरा ४ साउन । कृषी, स्वास्थ्य तथा वैकल्पिक जिवीको पार्जन पहल कार्यक्रमको औपचारिक समापन गरिएको छ । युएस ए आइडी, मर्सीक्ररप र गिफ्ट बाजुराको सयुक्त सहकार्यमा सञ्चालित पहल कार्यक्रमको सञ्चालन अवधी सकिएपछी औपचारिक समापन गरिएको हो ।

सन् २०१५ नाभेम्बर देखि सुरु भएको परियोजना जिल्लाका साविक ६ वटा गाविस र हाल गौमुल र खप्तड छेडेदह गाउँपालिकामा सञ्चालन गरिएको गिफ्ट बाजुराका कार्यक्रम प्रबन्धक कृष्ण अधिकारीले बताउनुभएको छ । पोषण, खाद्य अधिकार, सुशासन, विपद व्यवस्थापन, सरसफाइ, आय आर्जन र उद्यमशिलता सहीतका नौ वटा क्षेत्रमा पहलले पाँच वर्ष काम गरेको थियो ।कुल ८ करोड ४४ लाख बजेट सम्झौता गरिएकोमा कार्यक्रम सञ्चालन अवधीभर ५ करोड ९९ लाख रुपैया आएको र त्यो मध्ये ५ करोड ९८ लाख रुपैया खर्च भएको कार्यक्रम प्रबन्धक कृष्ण अधिकारीले समापन समारोहमा जानकारी गराउनुभएको छ ।

कार्यक्रम अवधीभर ६७ हजार १६ जनासँग प्रत्यक्ष सरोकार राखेर काम गरिएको उपलब्धी देखाइएको छ । भने त्यसमा पनि २१ सय ७७ जनालाई कृषि पेशामा व्यसायीक सिप प्रदान गरिएको जानकारी गराइएको छ । पहल कार्यक्रम अन्र्तगत नै ८ सय ४७ रोपनी जमिन सिँचाई हुने गरी सिँचाई संरचना निर्माण गरिएको, आय आर्जन र उद्यम शिलता विकासमा युवाहरुको आकर्षण बढाउने कार्यक्रम सहयोग गरेको पहल कार्यक्रमका जिल्लासंयोजक राजु नेपालीले कार्यक्रममा बताउनुभएको छ । गिफ्ट बाजुराका कोषाध्यक्ष गोरख बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया रहनु भएको थियो । कार्यक्रममा प्रमुख रोकायाले जिल्लाको विकास, उत्पादन र आयआर्जन सुधारमा महत्वपूर्ण भूमिका पहल कार्यक्रमले खेलेको भन्दै प्रशसा गर्नु भएको छ । कार्यक्रममा सहभागिहरुले लगानीको दीगो व्यवस्थापन हुने खालको नीति लिन आवश्यक रहेको बताएका छन् ।

लगानी थ्रुपै भएकोले त्यसको दीर्घकालिन उपयोगका लागि स्थानीय तह वा स्थानीय स्वयमलाई अपनत्व लिने नीति अबलम्बन गर्न पशु विज्ञ केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शंकर पाण्डेले सुझाव दिनुभएको थियो । सहभागि सरोकारवालाको चिन्तालाई संवोधन गर्ने गरि गिफ्ट बाजुराले गाउँ तहमा संयन्त्र तयार पारिएको र बाँकी कामहरुलाई गिफ्ट बाजुराद्धारा सञ्चालित ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाले पनि समेट्ने कार्यक्रम प्रबन्धक कृष्ण अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पहलको कार्यक्रम समापन भएपछी कार्यक्रममा आवद्ध करिब तीन दर्जन बढी व्यक्तिहरु बेरोजगार हुने भएका छन् । पहल परियोजनामा मात्र बाजुराकै तीन दर्जन बढी युवाहरु आवद्ध थिए । तर पहल केन्द्रीय कार्यालयका इशु श्रेष्ठले भने निरन्तरताका लागि पहल भईरहेको कार्यक्रममा आश्वासन दिनुभएको छ । समापन कार्यक्रमहोटल रोयल गार्डेनमा सञ्चालन गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार