सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • झोलुंगे पुल उच्च जोखिममा

झोलुंगे पुल उच्च जोखिममा

  • बिहिबार, साउन २, २०७६
झोलुंगे पुल उच्च जोखिममा

बडीमालिका खवर समाचारदाता
बाजुरा, २ साउन
लगातारको अबिरल बर्षाले बुढिगंगा र कर्णाली नदिमा रहेका पुल उच्च जोखिममा बनेको छ । बुढिगंगा नदिले बाजुराको ताप्रीसेरा, द्धावारी, तिपाडा, राप्क अछामको साँफे, बुढाबगर लगायत ठाँउका दर्जनौ पुल उच्च जोखिममा रहेका छन् । त्यस्तै कर्णाली नदिको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानिय बासिले बताएका छन् ।
बुढिगंगा नदिको द्धावारीमा रहेको झोलुंगे सम्म पानि पुगेपछि स्थानियले आवतजावत नै बन्द गरेका छन् । स्थानिय धन जैशीकाले भने पुल पनि जिर्ण बन्दै गएको छ, नदि बढेर पुल सम्म पुगेपछि आवतजावत नै बन्द रहेको उनले वताए । त्यस्तै ताप्रिसेरामा रहेको पनि आवतजावत गर्न निकै जोखिम रहेको स्थानियले वताएका छन् ।
कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल सधैका बर्षातको समयमा जोखिममा बन्ने गरेको छ । पुल सँगै जोडिएका ८ परिवार पनि बिस्थापित भएका छन् । पुलको दुबैतिर रहेको वाल समेत भत्कने अबस्थामा रहेको स्थानियले बताएका छन् । त्यो सँगै कर्णाली नदिमा रहेका आधा दर्जनौ पुल जोखिममा बनेका छन् । वाई वाधु जोड्ने पुल, गोत्रि साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका हमिाली गाँउ पालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । पुल सँगै छोप्ने गरि कर्णाली नदिमा पानिको बहाव बढेपछि बाजुराका कर्णाली पारिका वाई, साप्पाटा, जुकोट गाबिसमा आवत जावत प्रभाबित बनेको छ ।
त्यस्तै नदिमा बाढि बढेपछि बाजुराका अन्य दर्जनौ पुल समेत बाढिको जोखिममा रहेका छन् । अछाम बाजुरा जोड्ने इकडी गाड पुल, सेरामा रहेको बुढिगंगा, बाजुर्गाड, गुइगाड, कोर्दालिगाड, घटमुना, बाहुली खोला, दहकोट, मौरे, कोटिलाको दैया लगायतका नदिमा रहेका झोलुंगे पुल जोखिममा बनेका स्थानियले बताएका छन् । अन्य बिकल्प नभएपछि ज्यानै बाजि राखेर पुलमा आवत जावत गर्नुपरेको स्थानियले बताएका छन् ।
बाजुरा जिल्लाका दर्जनौ झोलंगे पुलहरु बाढि पहिराको जोखिममा रहेका छन् । बर्षौ पुराना पुलहरु जिर्ण हुनुका साथै बाढि पहिरोको कारण जोखिम बनेका हुन् । पुलहरु जोखिममा बन्नाले आवत जावतमा समस्या भएको छ जिल्ला समन्वय समितिको तथ्याङ्कमा जिल्लामा ६५ वटा झोलुंगे पुल रहेका छन् । दशकौ पुराना र थोत्रा रहेका झोलुंगे पुलहरु बर्षातको समयमा बाढि र पहिरोको जोखिममा रहेको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ । चार बर्ष केन्द्र बाट बिज्ञहरुको टोलि आएर यहाँका पुलहरु जोखिममा रहेको भन्दै पुलमा खतराको संकेत समेत लगाएर गएको छ । जिल्ला विकास समितिले स्थानियलाई पुल संरक्षण ब्यक्ति भनेर तोक्ने गरेको छ । उनिहरुलाई बर्षेनि ८८ हजार २ सय खर्च गर्ने गरेका छन् । पुल जिर्ण भएको जिल्ला देखि केन्द्र सम्म जानकारी भएपनि मर्मतका लागि कुनै वास्ता नभएको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार