आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • नेपालमै पहिलो पटक किसानलाई पेन्सनको ब्यबस्था

नेपालमै पहिलो पटक किसानलाई पेन्सनको ब्यबस्था

  • बुधबार, साउन १, २०७६
नेपालमै पहिलो पटक किसानलाई पेन्सनको ब्यबस्था

प्रकाश सिंह
बाजुरा, १ साउन
बुढिगंगा नगरपालिकाले नेपालमै पहिलो पटक किसानलाई पेन्सनको ब्यबस्था गर्ने निर्णय गरेको छ । बुढीगंगा नगरपालिकाको तेस्रो नगरसभा बाट पेन्सनको ब्यबस्था गर्ने निर्णय गरेको नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाहले वताएका छन् ।
चाडै नगरपालिकाले कार्यबिधि बनाएर आर्थिक बर्ष ०७६।०७७ को शुरुवाति बाट नै कृषकहरुलाई पेन्सनको ब्यबस्थापन गर्ने नगरपालिकाले जनाएको छ । निरन्तर लागि रहेका किसानलाइ मासिक रुपमा ५ सय देखी १ हजार सम्म पेन्सनको ब्यबस्थापन गर्ने प्रमुख शाहले वताए । यसमा २ सय भन्दा बढि बिरुवा रोप्ने, ५ रोपनीमा तरकारी खेती गर्ने, ५ वटा भन्दा बढि गाई भैसी पालन गर्ने, एक हजार भन्दा बढि कुखुरा पाल्ने लगायत ब्यबसाहिक किसानलाई पेन्सनको ब्यबस्था गर्ने भएको हो । अर्को बाहिरको उत्पादन भन्दा स्थानिय ठाँउमै उत्पादन गर्नमा यसले जोड दिने नगरपालिकाले जनाएको छ ।
कृषिमा ब्यबसाहिता बढाउन र बाँझो जमिनलाई ब्यबस्थित गर्नमा यो कार्यक्रमले सघाउ पुग्ने नगरप्रमुख शाहले वताए । कृषकलाई पेन्सनको ब्यबस्था नेपालमै पहिलो पटक भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिन प्रसाद जैशीले वताएका छन् । केही बर्ष पहिला नेपालमै राष्ट्रिय किसान महासंघले छलफलमा ल्याएको भएपनि सरकारको निति तथा कार्यक्रम स‌चालनमा   समस्या भएकाेलेले  कार्यन्वयन हुन नसकेकाे जाेशीले वताए । यो नेपालमै पहिलो पटक भएकाले कार्यन्वयन गर्नमा केही चुनौति भए पनि यसले कृषिमा ब्यबसाहिकता बढाउने जैशीले वताए । मराे बुढिग‌गा म बनाउछु भन्ने अभियानका अभियान्ता मिन प्रशाद जाेशीले त्यसकाे अबधारणा लिएकाे र साे अभियानकाे अवधारणा अनुसार नगरपालिकाले निति तथा कार्यक्रममा राखेर कृषकलाइ प्यानसनकाे ब्यबस्था गरिएकाे नगरप्रमुख दिपक बिक्रम शाहले बताए । मेराे बुढिग‌गा म बनाउछु भन्ने  अभियानमा सहयाेग गरेकाेले अभियान्ता जाेशीलाइ नगरप्रमख शाहले धन्यबाद समेत दिएका छन् ।
बुढीगंगा नगरपालिकाले आगामी आर्थिक ०७६।०७७ वर्षमा कृषिलाई बिशेष प्राथमकिता साथ अगाडी बढाउने भएको छ । उपप्रमुख तारा खातीले नेपाल एक कृषि प्रधान देश भएको र बाजुरा जिल्लाको करिब करिब त्यतीनै जनसंख्या कृषिमा नै आत्मनिर्भर भएकाले कृषिको कार्यक्रमलाई नै मुख्य प्राथमिकताका साथ अगाडी बढाइएको वताईन् । नगरपालिकाले नगर बस संञ्चालन सडक लगायतका गौरवका योजना अघि ल्याएको प्रकाशकिय अधिकृत ठकुल्लाले वताए । आर्थिक विकास निती अन्तरगत कृषिलाई आधुनिकिकरण गरी प्रधानमन्त्री कृषि आधुनिकिकरण गर्ने, पूर्ण रुपमा जलवायु अनुकुलन कृषि कार्यक्रम लगायतका कार्यक्रम रहेका अधिकृतले वताए ।
त्यस्तै पशुपन्छी, सहकारी, उद्योग, रोजगार प्रर्वद्धन, गरिवी न्युनिकरण, पर्यटन, राजस्व संकलन र गुनासो सुनुवाई जस्ता निती तथा कार्यक्रममा समेटिएको छन् । कार्यक्रममा स्वास्थ्य, शिक्षा, विद्युत खानेपानी, संचार यातायात, न्याय बस्ती विकास वातावरण तथा विपद व्यवस्थापन, जलाधार संरक्षण फोहरमैला व्यवस्थापन कार्यक्रममा समेटिएका छन् । बुढिगंगा नगरपालिका जिल्लामा आर्थिक र नेतृत्व तहमा अग्रिणमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार