
प्रहरीको काम बस्तीमा अमनचैन कायम गर्नु हो, विकृति रोक्नु हो, शान्ति सुरक्षा कायम गर्नु हो । तर सोमबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीका हवल्दार डम्बर थापासहित तीन प्रहरी बिर्तामोडस्थित देवी पञ्चकन्या होटेल एन्ड लजमा यौनकर्मी महिलासहित रंगेहात फेला परेका छन् । यो घटनाले प्रहरी नेतृत्वकै आलोचना भएको छ ।
‘त्यही बेला घुमुवा प्रहरी राम भुजेलसहित टोली होटेलमा आइपुग्यो । उनीहरूको भेट भएपछि घुुमुवाको टोली फर्कियो र असई कपलेश्वेर स्वर्णकार नेतृत्वको मोबाइल गस्ती टोली त्यही समयमा आयो । तर, यौनजन्य क्रियाकलापमा संलग्न प्रहरी पक्राउ परेनन्,’ एक प्रत्यक्षदर्शीले बताए ।
इलाका प्रहरी कार्यालयका अनारमनीका डिएसपी मोहनकुमार थापालाई हवल्दार थापा केटीसँग निस्कँदै गरेको रिपोर्टिङ भएकोले उनलाई विभागीय कारबाही सुरु गरिएको डिएसपी थापाले बताउनुभयो । बिर्तामोडका केही होटेल तथा लजमा यौनजन्य गतिविधि हुने गरेको गुनासो बढेपछि प्रहरीले होटेलमा अनुगमन थालेको छ ।
बिर्तामोडकै नयाँ बसपार्कमा सञ्चालित एंग्रीब्वाई होटलका सञ्चालक राम तामाङलाई महिलालाई जबर्जस्ती गरेको आरोपमा मङ्गलवार पक्राउ गरिएको प्रहरीको भनाइ छ । उहाँका अनुसार तामाङले यौनजन्य गतिविधिमा संलग्न हुन बाध्य पार्दै कुटपिट गरेका थिए ।
कसरी प्रहरी नै फन्दामा परे ?
इलाका प्रहरी कार्यालयका अनारमनीका सवारी चालक डम्बर थापा र घुमुवा प्रहरीहरूको बिर्तामोडका यौन कार्य हुने होटेलमा हिमचिम हुने गरेको अनुमान गरिएको थियो ।
कार्यालय प्रमुखसँगको नजिक हुनेमा होडबाजीमा प्रहरीहरूले सूचना डिएसपीलाई उपलब्ध गराउने क्रममा प्रहरीकै सूचनामा हवल्दार थापा फसेको प्रहरी स्रोतको बुझाई छ ।
उनीहरू बिच कार्यालय प्रमुखसँग को नजिक हुनेमा होडबाजी हुन्छ एक प्रहरीले भने त्यही भएर डिएस्पीलाई गलत रिपोटिङ गरेर घुम्रामाराख्छन् । एकले अर्कालाई फसाएर राम्रो हुन खोज्दा हवल्दार थापा फसेको प्रहरी स्रोतको बुझाई छ ।
यौन धन्दा सञ्चालन हुने होटलबाट महिनावारी असुली गर्ने राम भुजेल डिएसपी पैसा नखाने आएकोले आत्तिएर पोल खुल्ने डरले प्रहरीलाई नै फसाउँदै राम्रो बन्न खोजेको प्रहरी स्रोतको बुझाई छ । सोमवारको घटनामा पनि तीन जना प्रहरी संलग्न भए पनि हवल्दार थापाको बारेमा मात्र रिपोटिङ गरेर अन्यलाई जोगाउन भुजेलकै संलग्नता रहेको छ । टाइम्स अफ प्रदेश बाट साभार
