• होमपेज
  • बलिउड/हलिउड
  • शिल्पा र छविको माया प्रेम बिगत र ब्रेकअप ( भिडियो सहित )

शिल्पा र छविको माया प्रेम बिगत र ब्रेकअप ( भिडियो सहित )

  • मङ्लबार, असार ३१, २०७६
शिल्पा र छविको माया प्रेम बिगत र ब्रेकअप ( भिडियो सहित )

नेपाली सिने नगरीमा अहिले छवी ओझा र शिल्पा पोखरेलको कथाले माहोल तातेको छ। छबी र शिल्पाको प्रेम , बिवाह र अहिले सम्बन्ध बिच्छेदको न्युजले मिडियाहरु तातेका छन। त्यसोत पहिले पनि चाहे विवाहको कारणले होस या प्रेमको चर्चाको कारणले यो जोडी मिडियामा छाईनै रहन्थ्यो। अहिले शिल्पा माथि छबिले चरम घरेलु हिंसा गरेपछि त्यो सहन गर्न नसकेर शिल्पाले प्रहरी नै गुहार्नु पर्यो । शिल्पाले आफुले बिवाह गरेको केही महिनामा नै छबिको असली रुप देखेको तर आफनो घर परिवारको इज्जतको लागि र श्रीमान भएको नाताले पनि सहँदै आएको तर पछिल्लो पटक भने घाँटी थिचेर मार्न खोजेपछि उनले प्रहरी गुहारेकी हुन । शिल्पाले छबिले आफुलाई नराम्रो बाटोमा नहिड्दा पनि शंका गर्ने , अश्लिल गालीगलौज गर्ने , कुटपिट गर्ने जस्ता हिंसा गरेको बताईन् ।

शिल्पा र छबी आज भन्दा ३ वर्ष अगाडी देखि संगै बस्दै आएका थिए। केहि समय पहिले मात्र बिहेको कुरा सार्वजनिक गरेका छबी र शिल्पाको अहिले एक्कासी यस्तो घटना बाहिर सार्वजनिक भएको हो। अहिले शिल्पा र छवी दुवै जना मिडियामा आएर एक अर्कालाई आरोप लगाएका छन।

मिडियामा आएका केहि अन्तर्वार्ता र भिडियो हरु हेर्दा छबी र शिल्पाको बिचमा पानि बाराबारको अवस्था रहेको छ भन्न सकिन्छ। केहि अन्तर्वार्ता हरुमा शिल्पाले आफु अब संगै बस्न नसक्ने बताएकी छिन। उनले अब यस्तो हिंसा सहेर आफु बस्न नसक्ने बताएकी हुन।हेर्नुहोस पहिले र अहिले को बिषयमा यो भिडियो। 

चर्चामा

सम्बन्धित समाचार