शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • काठमाडौंमा भोलिदेखि भारतीय सिनेमा चल्न नदिने महानगरको तयारी

काठमाडौंमा भोलिदेखि भारतीय सिनेमा चल्न नदिने महानगरको तयारी

  • आइतवार, असार ३, २०८०
काठमाडौंमा भोलिदेखि भारतीय सिनेमा चल्न नदिने महानगरको तयारी

काठमाडौं– काठमाडौं महानगरपालिकाले भोलिदेखि काठमाडौं महानगरपालिकाभित्रका हलमा भारतीय सिनेमाको प्रदर्शनमा रोक लगाउने तयारी गरेको छ ।

भारतीय चलचित्र आदिपुरुषमा रहेको विवादित संवाद हटाउन तीन दिनको समय दिइएको तर भारतीय फिल्ममा निर्वाध सो संवाद कायमै रहेकाले भोलिदेखि हलमा कुनै पनि भारतीय चलचित्र चल्न नदिने तयारी भएको महानगर स्रोतले जानकारी दिएको छ ।

यसअघि महानगरका मेयर बालेन शाहले उक्त चलचित्रमा रहेका संवाद हटाउन तीन दिनको समय दिएका थिए ।

“हामीले तीन दिनको समय दिएका थियौँ, तर फिल्ममा उक्त संवाद हटाएको पाएनौँ भोलिदेखि चल्न नदिने तयारी हो,” महानगर स्रोतले बाह्रखरीसँग कुरा गर्दै भन्यो ।

चर्चामा

सम्बन्धित समाचार