शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • भ्यागुताको बिहेका कारण वर्षा र बाढीको समस्या आएको भन्दै गराइयो सम्बन्ध विच्छेद

भ्यागुताको बिहेका कारण वर्षा र बाढीको समस्या आएको भन्दै गराइयो सम्बन्ध विच्छेद

  • सोमवार, असार ३०, २०७६
भ्यागुताको बिहेका कारण वर्षा र बाढीको समस्या आएको भन्दै गराइयो सम्बन्ध विच्छेद

मोरङ :  भ्यागुत्ताको बिहेका कारण वर्षा र बाढीको समस्या आएको भन्दै मोरङमा भ्यागुताको सम्बन्ध विच्छेद गराइएको छ । असार २१ गते सन्सारीमाइ मन्दिरमा बिवाह गराइर्एका भ्यागुताको आइतबार सम्बन्ध विच्छेद गराइएको हो । बुढीनन्दा गाँउपालिका–२ का प्रकाश बानियाँले लिखित रुपमै भ्यागुताको सम्बन्ध विच्छेद गराएका हुन् । यस्तो गर्दा वर्षात र डुवानको समस्या कम हुने विश्वास गरिएको छ । लामो समयसम्म खडेरी परेपछि स्थानीयले धार्मिक विधि अनुसार भ्यागुत्ताको विहे गराएको थियो । भ्यागुत्ताको सम्बन्ध विच्छेद गराइएको कागज अहिले सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बनेको छ ।

चर्चामा

सम्बन्धित समाचार