• होमपेज
  • राजनीति
  • देश “शोक र चोट”मा डुबेको छ : कांग्रेस उद्धारमा हैन विरोधकै लागि सडकमा उत्रिएको छ

देश “शोक र चोट”मा डुबेको छ : कांग्रेस उद्धारमा हैन विरोधकै लागि सडकमा उत्रिएको छ

  • सोमवार, असार ३०, २०७६
देश “शोक र चोट”मा डुबेको छ : कांग्रेस उद्धारमा हैन विरोधकै लागि सडकमा उत्रिएको छ

काठमाडौ । वर्षापछि आएको बाढी, पहिरोको कारण अहिले देशमा एक खालको संकट उत्पन्न भएको छ । देश शोक र पिडामा डुबेको छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने सरकारकै विरोधमा सडकमा छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सबै नेता कार्यकर्ता आ–आफ्नो कार्य क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि खटिएका छन् । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ भने सरकार बिरुद्ध चरणबद्द आन्दोलन कै क्रममा काठमाडौको सडकमा थन्किएको छ ।

तस्वीर देखेरै नागरिकले गिज्याउँदै सेयर गरिरहेका छन् । आन्दोलनको पुर्व निर्धारित कार्यतालिका बमोजिम शुक्रवार अविरल वर्षा संगै माइतीघर मण्डलामा भेला भएका संघका नेता, कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी गर्न भ्याएका छन् । नेविसंघ निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा भेला भएका विद्यार्थीहरुले झरिको पर्वाह नगरी सरकारको विरुद्ध उत्रिएको बताए ।

 

विद्यार्थी संघले भारतीय तरकारी तथा फलफुलको सन्दर्भलाई लिएर विरोध गर्दै आइरहेको छ । ‘बिषादी हामीलाई चाहिँदैन जनता मार्न पाइँदैन’ जस्ता नारा लगाउदैँ नेविसंघका नेता कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी गरेका थिए । सरकारले चालेको गलत कदमको विरुद्ध सडकमा उत्रिने नेविसंघको यो नाराबाजी भने अन्य प्रदर्शन भन्दा केही फरक थियो ।

कसैले छाता त कसैले रेनकोट ओडेर सरकारको बिरोध गरिरहेको देख्न सकिन्थ्यो । नेवि संघ निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुङ्गेलले भने, ‘हामिलाई न झरिको पर्वाह छ न त बिदेशिको ईसारामा चल्ने सरकारको नै, हाम्रो सरोकार तिन करोड नेपालीको स्वास्थ्य हो ।

बिदेशबाट आयात गरिने फलफुल तरकारीको बिषादी परिक्षण नगर्ने सरकारी निर्णय आपत्तिजनक छ उक्त निर्णय सच्याउन सरकारसंग जोडदार माग गछौँ ।’ एका तिर देश बाढीपहिरो ढुबानसँग लडिरहेको समयमा यसरी बेमौसमी बाजा बजाउन तर्फ लाग्नुभन्दा उद्धारकार्यमा सरिक हुनुपर्ने धेरैको बुझाई रहेको छ । हामिले याे समाचार र फाेटाे जनबाेली    बाट लिएका हाैं । 

चर्चामा

सम्बन्धित समाचार