• होमपेज
  • विचित्र संसार
  • कुखुराको भालेविरुद्ध छिमेकीले मुद्दा हाले…

कुखुराको भालेविरुद्ध छिमेकीले मुद्दा हाले…

  • सोमवार, असार ३०, २०७६
कुखुराको भालेविरुद्ध छिमेकीले मुद्दा हाले…

दुनियाँमा कहिलेकाहीँ पत्याउने नसकिने अनौठा खालका काण्ड हुन्छन् । विश्वको दोश्रो ठूलो जनसंख्या भएको छिमेकी मुलुक भारतमा रोचक खालका काण्डहरु असंख्य भइहन्छन् ।

केही समय पहिले भारतको महाराष्ट्र राज्यको पूणेमा एकजना महिलाले कुखुरामाथि कारवाहीको माग गर्दै प्रहरीमा उजुरी हालेको खबर आएको थियो । भारतको यो काण्डलाई माथ दिने घटना युरोपेली शक्तिराष्ट्र फ्रान्समा भएको छ ।

कुखुरी काँ गर्दै कुखुराको भाले बास्नु प्राकृतिक कुरा हो । तर फ्रान्समा एउटा कुखुराले बासेकै आरोपमा अदालतमा मुद्दाको सामना गर्नुपरेको छ ।

उक्त भाले कुखुराको नाम मोरिस हो । हरेक बिहान सबेरै उक्त भाले कुखुरा जोडसँग बास्ने गरेको र त्यसरी बास्दाखेरी ध्वनि प्रदूषण हुनुका साथै छरछिमेकका मानिसहरूको निद्रा बिथोलिएको आरोप लगाइएको छ ।

फ्रान्सको इस्ले अफ अल्रनस्थित सेन्ट पियरे द अलरन गाउँमा स्थानीय करिन फेस्सयू नामकी महिलाले घरमा पालेको उक्त कुखुरामाथि छिमेकीले मुद्दा हालेका हुन् ।

सन् २०१७ को अप्रिल महिनामा पहिलोपटक ती महिलाका छिमेकीहरुले कुखुरा कराएको भन्दै गुनासो गरेका थिए । छिमेकीहरुले कुखुरा बासेर आफूहरुलाई डिस्टर्ब भएको भन्दै कुखुरालाई चुप राख्न भनेका थिए ।

तर कुखुरालाई बास्नबाट उनले कसरी रोक्न सक्थिन् र ? जसका कारण छिमेकीहरुले उनको कुखुराविरुद्ध अदालतमा मुद्दा नै हाले । आगामी सेप्टेम्बर ५ तारेखमा उक्त मुद्दामा सुनुवाइ रहेको र सोही दिन फैसला आउने अपेक्षा गरिएको छ ।
एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार