शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बडिमालिका
  • छाउप्रथा न्युनिकरण गर्न अभिमुखीकरण

छाउप्रथा न्युनिकरण गर्न अभिमुखीकरण

  • शनिबार, असार २८, २०७६
छाउप्रथा न्युनिकरण गर्न अभिमुखीकरण

संगीता तिमिल्सेना
बाजुरा २८ असार
छाउपडी प्रथा न्युनिकरणका लागि अभिमुखीकरण बडिमालिका नगरपालिका–९ मा सम्पन्न भएको छ । छाउपडी प्रथालाई अन्त्य गरी तत्काल वडालाई छाउपडी गोठ मुतm वडा घोषणाका लागि आवश्यक छलफल गरिएको छ । गाउँमा छाउ कुप्रथाको अवस्थाका बिषयमा कार्यक्रममा छलफल गरिएको वडा अध्यक्ष बिनोद कुमार बिकले बताएका छन् । कार्यक्रमको संबोधन गदैँ बडिमालिका नगरपालिकाका नगर उपप्रमुख कविता विष्टले समाजमा व्याप्त कुरीति, कुसंस्कार र अन्धविश्वास मानिँदै आएको छाउप्रथालाई हटाउन नगरपालिकाले विशेष अभियान सञ्चालन गरेको बताईन । अभियान अन्तर्गत वडामा रहेका महिलाहरु सासु बुहारीलाई छाउप्रथाका कारण उत्पन्न समस्या र चुनौतीको न्यूनिकरणका बिषयमा जानकारी दिन कार्यक्रम सञ्चालन गरिएको थियो । छाउँ भएका बेलामा गोठमा सुताउने, दही, दूध खान नदिने कार्य गलत भएको उपप्रमुख विष्टको भनाई रहेको छ । छाउ हुनु प्राकृतिक नियम भएकाले छाउ भएका महिलालाई गोठमा बसाउने कार्य गलत भएको बताउँदै कुसंस्कार, रुढीवादी र अन्धविश्वास कारण समाजमा यो प्रथा कायमै रहेको धारणा व्यक्त गरिन । धाँमी, झाँक्री, पुजारी र पुरोहितले प्रभावकारी भूमिका निर्वाह गर्न सके छाउपडी प्रथा उन्मूलन हुने सक्ने वडा अध्यक्ष बिनोद कुमार बिकको विश्वास रहेको छ । एकै घरका सासु र बुहारीहरुलाई अभिमुखीकरण कार्यक्रममा बोलाई छाउपडी प्रथा बारे जानकारी गरिएको वडा सदस्य लाल बहादुर नेपालीले बताए । अभिमुखीकरण गोष्ठीको सहजीकरण बडिमालिका नगरपालिका महिला तथा बालबालिका प्रमुख केशरी रोकायाले गरेकाे थियो । वडा कार्यालयको सभा हलमा आयोजना गरिएको कार्यक्रममा वडामा रहेका ३० बढी महिलाहरुको सहभागिता रहेको जानकारी प्राप्त भएको छ ।

चर्चामा

सम्बन्धित समाचार