संगीता तिमिल्सेना
बाजुरा २४, असार
सबै गा“उलेहरु मस्त सुतेका हुन्छन् । एका बिहानै उजयोलो हुनु (दिशाखुल्नु) भन्दा अडागी नै सबैका कानमा आवाज बज्छ । त्यतीखेर बिहान कामको योजना बनाएर मस्त सेतुेका पनि झसंग हुन्छन् अनि ब्युझिएर आ आफ्नो काममा लाग्छन् ।
औसी होस या पुर्णिमा, राम्रो दिन होस या नराम्रो दिन होस यो स“धैभरिको रित हो । गाउ“मा गएका न“या मान्छे यो देखेर अच्चम मान्छन् । र सोध्छन् यो बिहान बेलुका के गरेको । बिहान मात्रै हैन यो रित स“धै बेलुका झिसमिसे अध्यारो हुन्छ अनि सुरु हुन्छ । बेलुका गाउ“मा यो बाजा बज्ने बित्तिकै सबै गा“उका मानिसहरु घर भित्र आइसक्छन् र आउनु पर्ने मान्यता पनि राख्दछन् ।
त्यो हो ‘नगारो’ जिल्लाको बुढीनन्दा नगरपालिका ५ को विरसैन गा“उमा यो प्रथा रहेको छ । गा“उको बिचमा मालिका माताको मन्दिर छ । मन्दिर वरिपरी पर्खाल सहितको ढोका लगाइएको छ। त्यो ढोकाको बिचमा एउटा घण्ट झन्ड्याइएको छ । त्यो ठा“उमा सधै बिहान बेलुका हस्तमानले ‘नगारो’ लगाउने अर्थात् बाजा बजाउने गरेका छन् ।
हस्तमानको यो संधैभरीको नोकरी हो । हस्तमानलाई सा“झ नगारो लगाइसकेपछी बिहानै नगारो लगाउनको चिन्ता हुन्छ भने बिहान नगारो लगाइसकेपछी बेलुका कामबाट निश्चित समयमा आउन सकिन्छ की नाई भन्ने चिन्ता हुन्छ ।
हस्तमान दमाईका परिवार पुस्तौदेखि नगारो लगाएरै जिविकोपार्जन गरिरहेका छन् । उनका परिवार ३ पुस्ता अगाडीदेखि साविकको बा“धु गाविसबाट नगारो लगाउनकै लागि बसाई सरेर साविकको कोटिला गाविसको विरसैन टोलमा आएका हुन् ।
मन्दिरमा देविको पुजा गर्नका लागि उनलाई त्य“हाका पुजारीहरुले बोलाएका हुन् । उनका परिवारलाई सानोतिनो बस्ने जग्गा दिएर देविका पुजारीले माताको रक्ष्ाँ गर्न बिहान बेलुका ‘नगारो’ लगाइदिन यसो गरेको बुढापाकाहरुको भनाई रहेको छ।
अहिले हस्तमानका बाबु, बाजे सबै बितिसकेका छन् । हस्तमानले पनि ८ वर्षको उमरमै ‘नगारो’ लगाउन सुरु गरेका हुन् । अहिले हस्तमान ४८ वर्षका भए । उनले सुरुमा जसरी नगारो सुरु गरेका अहिले पनि उनको अवस्था उस्तै रहेको छ । हस्तमानका २ भाई छन् । उनका भाई डम्मर दमाई नगारो प्रथादेखि उदेक लागेर भारतमा कामको शिलशिलमा गएका छन् ।
हस्मानको १२ वर्षको उमेरमै लक्ष्मीसंग बिहे भयो हस्तमान त्यतीखेर बच्चा नै थिए । उनका बुवाले जे काम अह्रायो त्यही गर्ने र बुवाको पछाडी गएर उनी पनि बाजा बजाउने काम गर्थे । उनकी श्रीमती लक्ष्मी पनि बिहे हुने बेला १२ वर्षकी थिइन् । बिबाह भनेको केहो कसरी निर्वाह गर्नुपर्छ उनलाई थाहा थिएन तैपनी हस्तमान बिवाहको कारणले पनि घरमै बस्न बाध्य भएर उनी नगारे बने ।
अहिले पनि यो परम्परा कायमै रहेको छ । हस्तामानको अहिलेको दैनिकी पनि बिहानै माताको मन्दिरमा बाजा बजाउनु हो अहिले उनका २ छोरा र २ छोराी पनि छन् । उनकी श्रिमतीको पनि हस्तमानलाई यो प्रथालाई स्याहार उकछिन पनि फुर्सद छैन । नगारो पुरुषले मात्र लगाउने मिल्ने महिलाले लगाउन नमिल्ने धार्मिक परम्परा रहेको छ । लक्ष्मी एका बिहानै सबै गा“उले मस्त सुतिरहेको बेला श्रिमान हस्मानलाई उठाउनमै व्यस्त हुन्छिन् ।
हस्तमानले बिहान बेलुका नगारो लगाएर दिउसो फुर्सदको समयमा हलका पुल्का जाने अनसार लुगा सिलाउने गर्दछन् । जसले गर्दा बेलुका उनका घरमा माना आउने आश हुन्छ भने लक्ष्मीले दिउसो साहुको काममा सधाएर कहिलेका“ही मानाको जोहो गर्ने गर्छिन् ।
नगारो लगाउन लागेको तिन पुस्ता भयो तिनलाई त्यो बाजा बजाएवाफत कसैले केही पनि पनि दिदैनन् । उनका परिवारलाई पहिलेनै धेरैथोरै जग्गा दिइएको थियो त्यो पनि अहिले हस्तमानको लागि थोरै पनि बा“की छैन । पहिले नै खानलगाउन नपुगेपछी उनका बुवाले त्यो जग्गा साहुलाई नै बेचीसकेका थिए ।
अहिले उनको सानो घर भएको जग्गा मात्र छ । त्यही पनि साहुले अहिले बिहान बेलुका हाम्रो जग्गा हो छोड भन्छन् । हसतमानका परिवारसंग न. जग्गा आफ्नो भउको प्रमाण पत्र छ न त तमसुक नै अहिले उनका परिवार बिचल्लमिा छन् । हस्तमान मन्दिरमा नगारो नलगाए आफ्नो परिवारको कुल बिग्रीने हो भन्ने डरले घरबाट बाहिर निस्कीन पनि सक्दैनन । उनको छोरा पनि सानै छन् । नगारोकै डरले घरमै बस्दा आफुले केही पनि गर्न नसकेको हस्तमान बताउ“छन् ।
उनले घरजग्गाको विषयमा छलफल गरिदिन सबैसंग आग्रह गरेपनि कोही कसैले पनि आफ्नो कुरा नसुनेको उनले भने । आफुले सो कुरा वडा कार्यालयदेखि नगरपालिकासम्म सो कुरा पुर्याए“ तर कसैले पनि यसको सुनुवाई गरेनन् गरिबलाई त सरकारले पनि सुनुवाई नगर्ने रहेछ उनकी श्रिमत िलक्ष्मलिे थपिन् ।
हामीले पुर्खौदेखि नगारो लगाएर जिवन बिताइरहेका छौ । हाम्रो अवस्था उही छ । सबैका लागि जमना फेरिन्छ तर हाम्रा लागि कहिलै केहि फेरिने छैन । उनकी श्रिमतलिे भनिन् ।