शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • क्रिकेट
  • मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

  • सोमवार, असार २३, २०७६
मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

नेपाल आयोजक टोली मलेसियालाई पराजित गर्दै एसीसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा सोमबार सम्पन्न भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४०.५ ओभरमा अलआउट भएर नेपाल सामु ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर मलेसियाले प्रस्तुत गरेको लक्ष्यलाई भेट्टाएको हो।

नेपालको जितका लागि कप्तान रोहित कुमार पौडेलले ३१ रन बनाए भने भिम सार्कीले ३३ रन बनाए। दुवैले अविजित खेलेका हुन्। यस्तै ओपनर पवन सर्राफले १८ रन बनाए।

यसअघि मलेसियाका लागि मुहम्मद आमिरले २४, हाकिल मोहम्मद खैरले १२, वान अमिरुल जुल कारनियनले ११ तथा अहम्मद अखमल आलिफले १० रन जोड्न बाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन्।

मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि सागर ढकालले ३ विकेट लिए भने कुशल मल्लले २ तथा तिलक राज भण्डारी, रासिद खान र कमल सिंह ऐरिले समान एक–एक विकेट लिए

समूह चरणका दुवै खेल जितेको नेपाल समूह विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको थियो । उता, मलेसिया भने समूहका ३ खेलमा २ जित निकाल्दै समूह उपविजेता बनेको थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा सिंगापुर र हङकङ भिडिरहेका छन् । सो खेलको विजेतासँग नेपालले उपाधिका लागि प्रतिश्पर्धा गर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार