• होमपेज
  • समाज
  • तपाईहरुको १ सेयरले मनकारीसम्म पुगेर प्राप्त रकमबाट म क्यान्सरबाट बाँच्न चाहान्छु : १४ बर्षीय जयन्त

तपाईहरुको १ सेयरले मनकारीसम्म पुगेर प्राप्त रकमबाट म क्यान्सरबाट बाँच्न चाहान्छु : १४ बर्षीय जयन्त

  • सोमवार, असार २३, २०७६
तपाईहरुको १ सेयरले मनकारीसम्म पुगेर प्राप्त रकमबाट म क्यान्सरबाट बाँच्न चाहान्छु : १४ बर्षीय जयन्त

काठमाडौ । कान्ति बाल अस्पतालको अंकोलोजी वार्डको ३४५ नम्बर बेड । झट्ट हेर्दा सो बेडमा सुतिरहने बालक विरामी जस्तो देखिदैनन् । मोटोघाटो छन्, बेडबाट आफै उठछन् यता उता हिडछन्, मजाले गफ पनि गर्छन । तर, सबैकुरा हामीले देखेजस्तो छैन् । पुर्चौडी नगरपालिका ८ मल्हादेही बैतडीका १४ बर्षीय जयन्त सो बेडमा रहन थालेको पछिल्लो पटक मात्रै झण्डै डेढ महिना नाघ्यो । यसअघि उनले पटक पटक सो अस्पतालमा रात कटाईसकेका छन् ।

जयन्तका पिता नरेन्द्र बहादुर बम र दुर्गादेवी बम दिनभर रातभर उनैको हेरचाह र स्याहारमा खटेका छन् । आफ्नो कान्छो छोरालाई जसरी हुन्छ छिटो सन्चो गराई घर लैजान पाए हुन्थ्यो भन्ने उनीहरुको ध्याउन्न छ ।जयन्तलाई २०७२ सालमा पहिलो पटक यो समस्या देखा परेको हो । त्यसपछि उनलाई परिवारले जिल्ला अञ्चल हुँदै केन्द्रीय अस्पतालसमक्ष ल्याइ पुरयाएको हो ।

परीक्षणका क्रममा उनलाई रक्तक्यान्सर भएको पत्ता लागेको छ । त्यसैले चिकित्सकहरु उनलाई हाईडोजको किमो दिन थालेका छन् । पछिल्लो तीन दिन देखि हाइडोजको किमो शुरु गरेका छन् । ‘पहिले औषधिबाट नै हुन्छ भन्नु भएको थियो । तर केही दिन अघि दिसामा रगत देखा परयो त्यसपछि ३६ घण्टे किमो शुरु भएको छ । पहिलो डोज आज राती सकिन्छ होला’ नरेन्द्रले नेपाली हेल्थसंग भने । कक्षा १० मा अध्यय्नरत जयन्तलाई गत जेठको पहिलो साता एक्कासी नाकबाट रगत जान थाल्यो । र रक्तश्राव रोकिएन । पहिलेकै समस्या पुन बल्झियो भनेर बाबुआमाले हतार हतार काठमाडौँ दौडाए । नाकमा रुमालको बुझो लगाएर ल्याइएका उनको बैतडीबाट यहाँ ल्याउदा सम्म पनि रोकिएको थिएन । कान्तिमा चिकित्सकले औषधि शुरु गरेपछि नाकबाट आएको रगत त रोकियो तर झण्डै एक महिना पछि पुन दिशामा रगत देखा परयो । त्यसपछि किमो चलाउन थालेको हो । २०७२ फागुनबाट रगत सम्वन्धी समस्या झेलेका जयन्तले पटक पटक गरी डेढ बर्ष बढी अस्पतालको सैयामा विताए । ‘यसअघि पनि चार महिना, छ महिना, दुई महिना गरी लामो समय अस्पताल बसियो’ डाक्टरले घर जानुस भनेपछि लगियो तर फेरि ल्याउनु परयो । नरेन्द्रले भने ।

छोरा जयन्तसंगै बाबु नरेन्द्र र आमा दुर्गादेवी
कान्ति उपचारका लागि सबैभन्दा सस्तो अस्पताल हो । अझ क्यान्सरको उपचारमा सरकारले समेत सहुलियत दिएको छ । ‘केही संस्थाहरुले औषधि पनि निशुल्क उपलव्ध गराएको छ । तर अहिलेसम्म १० लाख बढी त खर्च भइसक्यो । आम्दानीको स्रोत छैन । खर्च बढी रहे पछि घरबास उठ्न कति बेर लाग्दो रहेछ र । मेरो त घरबास नै उठीसक्यो,’ उनले भने । खेतीपाती, गाईभैसी बाख्रा सबै बेचेर हिडेका हौँ । घरमा भएको ठूलो छोरा आफन्तकहाँ गएर बसेको छ । हाम्रो त निकै समस्या भएको छ । उनले भने ।

चिकित्सकले सन्चो हुन्छ । खर्च त लाग्छ भन्ने गरेकाले अहिले आफूलाई सबैभन्दा समस्या उपचारका लागि पैसो जुटाउन भएको नरेन्द्रले बताए । उनले मनकारी कोही व्यक्ति भए छोराको उपचारमा सहयोग गर्न सक्ने बताए । उनले त्यसका लागि आफ्नो फोन नं समेत दिएका छन् । उनको फोन नं ९८४५७६६३७९ रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार