बडमिालिका खवर
बाजुरा २१ असार
बडीमालिका नगरपालिकाका किशानलाई दुध ब्यवासाय फस्टाउनका लागि घाँस खेती गर्न कृषकहरुलाइ तालिम दिईएको छ । दुग्ध व्यवसायमा प्रबद्र्धन गर्नका लागि घाँस खेती कार्यक्रमको पहिलो पटक बडीमालिका नगरपालिका वडा न ८ बाट सुरुवात गरिएको छ ।
भेटेनेरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको आयोजनामा घाँस खेती कार्यक्रमका बडीमालिका नगरपालिका वडा न ८ का स्थानीय पशु कृषकलाई तालिम दिएको छ ।
अस्पतालले स्थानीय कृषकहरुको दुग्ध व्यवसायमा प्रबद्र्धन गर्ने उद्देश्यले घाँस खेती अनिबार्य रहेकोले यसको प्रबद्धन गर्न नयाँ घास रोप्न उत्प्रेरण जोगाउनका लागी तालिमको आयोजना गरिएको बिज्ञ केन्द्रका प्रमुख बरिष्ट पशु चिकित्सक डाक्टर संकर पाण्डेले बताएका छन् ।
कृषकलाई घाँसवाट बीउ उत्पादन गरी विक्री गर्ने लक्ष्यका साथ घाँस खेतीमा लाग्नुपर्ने र पशु आहारको लागी पनी सहज हुने हुदा यस खेतीमा लाग्न तालिमा सिकाएको बताईएको छ । पशु सेवा बिज्ञ केन्द्रकोे सहयोगमा घाँसखेती सुरु गर्ने कृषकलाइ अनुदानमा घाँसको बिउ समेत उपलब्ध गराउने बताएको छ । जिल्ला सदरमुकाम मार्तडीमा एक कार्यक्रमका बिच कार्यक्रम संचालन गरिएको थियो भेटेनेरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका बरिष्ट चिकित्सक डाक्टर संकर पाण्डेको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश रावल रहेका थिए । कार्यक्रमको संचालन पशु चिकित्सक शिद्धराज जोशीले गरेको कार्यक्रमा बडीमालिका नगरपालिका वडा न ८ का किसान तथा जनप्रतिनिधीको सहभागीता रहेको भेटेनेरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराले बताएको छ ।