
बडीमालिका खवर
बाजुरा २१ असार
जिल्ला प्रहरी कार्यालय बाजुराको अगुवाइमा बडीमालिका मन्दीरको सरसफाइ अभियान निरन्तर चलिरहेको छ ।
प्रत्येक शनिबार बिहान ७ बजे देखि ९ बजेसम्म बडीमालिका मन्दीर बजारका टोलहरुमा सरसफाइ अभियान संचालन गरिदै आएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । बाजुराका प्रहरी प्रमुख डीएसपी उद्धवसिहं भाटको सक्रियतामा अभियान संचालन हुदै आएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
सरसफाई गर्ने अभियान अन्तर्गत यो शनिबार बडिमालिका नगरपालिका वडा न ८ मा रहेको बडीमालिका मन्दीर परिसर दुबै तर्फका ढल तथा नाला सरसफाइ गरेको प्रहरीले बताएका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अर्न्तगत बाजुरा जिल्ला वडिमालिका नगरपालिका वडा नम्बर ८ स्थित वडिमालिका मन्दिरमा सरसफाई गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
