सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • जगन्नाथ
  • प्रधानमन्त्री रोजगार कार्यक्रम पाउदा स्थानीय खुसी

प्रधानमन्त्री रोजगार कार्यक्रम पाउदा स्थानीय खुसी

  • बिहिबार, असार १९, २०७६
प्रधानमन्त्री रोजगार कार्यक्रम पाउदा स्थानीय खुसी

लक्ष्मीराज पाध्याय
बाजुरा १९असार
बाजुरा जिल्लाको जगनाथ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भए संगै स्थानीय खुसी भएका छन् । जगन्नाथ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको जेठ २७ गते देखी संचालन भएको कार्यक्रमबाट १ सय ३५ जनाले रोजगार पाएका छन् ।
कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संञ्चालन तथा व्यवस्थापनको विषयमा छलफल गरिएको जगनाथ नगरपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए ।
गाउँमै रोजगार पाउदा कसैको गाली खानु नपर्ने घरको पनी काम हुने बिदेशीको गाली खानु भन्दा सरकारले गाउँमै रोजगारी दिएकोमा स्थानीय पदम शाहील खुसी ब्यक्त गरे ।
आयोजना अन्तर्गत सडक निर्माण तथा मर्मत, कृषि तथा सिंचाई, ग्रामीण खानेपानी, शिक्षा, वन तथा जलाधार, पर्यटन तथा स्थानीय आवश्यकता अनुसारका अन्य श्रम प्रधान आयोजनाहरु रोजगार कार्यक्रममा महिला समेत सहभागी भएकोमा महिलाहरु पनी खुसी देखीन्छन । साथै घरम खान नपुग हुदा समस्यामा भएका महिलाहरुको लागी पनी अवसर भएकोले थप यस्ता कार्यक्रम सधै चल्ने अपेक्षा स्थानीयको रहेको छ ।
वडा स्थरबाटै छनोट गरेकको र वडा स्थरमै कार्यक्रम गरिने बताएको छ । नेपाल सरकारको मापदण्डका आधारमा रोजगार कार्यक्रमका लागि ६ वटा वडा बाट गरि जम्मा १ सय ३५ जना छनौट गरि कार्यक्रम संचालन गरिएको छन् । जसमा वडा न १ बाट २३ जना, वडा न २ बाट २२ जना, वडा न ३ बाट २२ जना, वडा न ४ बाट २३ जना, वडा न ५ बाट २२ जना, वडा न ६ बाट २३ जना जम्मा १ सय ३५ जना रहेको संयोजक जोशीले बताएका छन् ।
कामदार र योजना छनोट गरि कामको शुरूवात गरिएकोछ । कामदारले प्रतिदिन रू ५सय १७ का दरले पाँउने छन । यस बर्ष छनौट भएका कामदारले ३० दिन काम गर्नु पर्ने, बैंक खाता अनिवार्य र उनिहरूले काम गरेको पारिश्रमिक बैंक खातामा जम्मा गरिने बताएको छ । यस बर्षका लागी गाउँपालिकामा वडा नं १ मा सरस्वती मा.वि.को घेरवार , वडा नं २ मा सामुदायिक स्वास्थ्य ईकाइको फिल्ड निर्माण र घेरवार, वडा नं ३ को महाँदेव माणुको घेरबार र गेट निर्माण
वडा नं ४ मा थारीकाँडा खानेपानि निर्माण र पाइपलाइन मर्मत र धारा निर्माण,
वडा नं ५ र ६ को देवलकोट मा.वि.को फिल्ड र घेरवार निर्माण त्यसै गरी गाँउपालिकाको घेरवार रहेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार