शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्रिकेट
  • विश्वकप क्रिकेट : अफगानिस्तान पहिलो जितको खोजीमा

विश्वकप क्रिकेट : अफगानिस्तान पहिलो जितको खोजीमा

  • बिहिबार, असार १९, २०७६
विश्वकप क्रिकेट : अफगानिस्तान पहिलो जितको खोजीमा

१९ असार, काठमाडौं । विश्वकप क्रिकेटमा वेष्ट इन्डिजविरुद्ध आज प्रतिस्पर्धा गर्दै गर्दा अफगानिस्तान पहिलो जितको खोजीमा हुनेछ ।

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानले आज वेष्ट इन्डिजसँग नेपाली समयअनुसार सवा तीन बजे प्रतिस्पर्धा गर्नेछ । दुवै टिम स्पष्ट जित हात पार्दै विश्वकप टुंग्याउने लक्ष्यमा छन् । अफगानिस्तानले अहिलेसम्म जित हात पार्न सकेको छैन । उसले खेलेका ८ खेलमध्ये सबैमा हार ब्यहोरेको छ । त्यसकारण पनि आजको खेलमा जित हात पार्दै विश्वकपलाई अन्त्य गर्ने लक्ष्यमा छ अफगानिस्तान ।

अंकविहीन रहेको अफगानिस्तान पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोर्दै आएको छ । तर वेष्ट इन्डिजविरुद्धको खेलमा भने अब त्यस्तो गल्ती नगर्ने दाउमा छ ।

यता, वेष्ट इन्डिजले पनि जारी विश्वकपमा राम्रो गर्न सकेन । आफ्नो पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले पराजित गरेपछि वेष्ट इन्डिजले कुनै खेल जित्न सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार