शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • क्रिकेट
  • जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड सुरु

जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड सुरु

  • बुधबार, असार १८, २०७६
जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड सुरु

पदमबहादुर सिंह
बाजुरा १८ असार ।  बाजुरा जिल्लामा जिल्ला स्थरिय राष्ट्रपति रनिङ सिल्ड सुरु भएको छ । यो भन्दै पहिले स्थानिय तहममा छनोट भएर नौ ओटा स्थानिय तहबाट छनोट भएका जिद्यालयहरु बिज प्रतिस्पर्दा हुने जिल्ला खेलकुद विकास समितिले बताएको छ । नौ ओटा स्थानिय तहका १८ ओटा विद्यालयले भाग लिएको आयोजकले जानकारी दिएको छ ।
राष्ट्रका लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद भन्ने मुल नाराका साथ सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले उद्घाटन गरेका हुन् ।
प्रतियोगितामा भलिवल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरु विच प्रतिष्पर्दा गराईने आयोजक जिल्ला खेलकुद विकास समिति बाजुराले जनाएको छ ।
खेल जिल्ला सदरमुकाम मार्तडीमा असार १८ गते देखी २० गते तीन दिनसम्म संचालन हुने बताईएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिक्मत बहादुर थापाको अध्यक्षतामा सूरु भएको रनिङ्ग शिल्ड प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह प्रमुख अतिथि रहेका थिए भने त्यस्तै, प्रदेश सभा (क) सदस्य बलदेव रेग्मी विशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, बडीमालिका नगरप्रमुख पदम बडुवाल, प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने लगायतको सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहले भने खेल क्षेत्रको विकासबाटै समाज परिवर्तन हुन सक्ने भएकाले सरकारले खेल क्षेत्रमा बढी लगानी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार