• होमपेज
  • बडिमालिका
  • वडिमालिका नगरपालिकाद्धारा २ वर्षमा गरेका कामको समिक्षा

वडिमालिका नगरपालिकाद्धारा २ वर्षमा गरेका कामको समिक्षा

  • मङ्लबार, असार १७, २०७६
वडिमालिका नगरपालिकाद्धारा २ वर्षमा गरेका कामको समिक्षा

सगि‌ता तिमिल्सीना
बाजुरा १७ असार
वडिमालिका नगरपालिकाकाले जनप्रतिनिधिले पदबहाली भैसकेपछि २ वर्षमा सम्पन्न गरेका कामको समिक्षा गरेको छ । आज असार १७ गतेको दिन नगरपालिकामा जनप्रतिनिधिहरु आएको २ वर्षभएपछि नगरपालिकामा आएका परिवर्तनहरु, काम गर्दाखेरी आइपरेका चुनौती र आगामी योजनाको बारेमा नगरप्रमुख पदम बडुवालले जानकारी गराउनुभएको थियो । स्थानिय सरकार आएपछि वडिमालिका नगरपलिकाले नगरभित्रका १७ वटा सडकमा ट्रयाक खोल्ने काम गरेको र सो काम २५ प्रतिशत सम्पन्न गरेको अरु काम निर्माणधिन रहेको बताइएको छ । त्यस्तै नगरपालिकाको शैक्षिक गुणस्तर सुर्धानका नगरस्वयंसेवक शिक्षकहरु नियुक्त गरेको छ । नगरपालिकाले मार्तडी बजारको खानेपानी समस्या समाधान गर्नका लागि ४ वटा बृहत खानेपानीका ट्याङ्की निर्माण गरेको पनि नगरप्रमुख पदम बडुवालले कार्यक्रममा जानकारी गराउनुभयो । त्यसैगरी हरेक नगरपालिकामा स्वास्थ्यको पहुँच पुर्याउनका लागि सहरी स्वास्थ्य केन्द्र निर्माण गरेको, कृषकसंग नगरप्र्मुख कार्यक्रम अन्तरगत ९ वटा साना सिचाई कुलो निर्माण गरेको, महिला हिंसा न्युनिकरणका लागि महिलासंग उपप्रमुख कार्यक्रम संचालन गरी वडा नं ३ रजालीलाई पहिलो छाउपडी गोठमुक्त वडा घोषणा गरेको र अरु वडा पनि प्रकृयामै रहेको र किशोरकिशोरी तथा महिला पुरुष सम विकास तालिम सम्पन्न गरेको , महिला लाई आर्थिक रुपमा अब्बल बनाउनका लागि उद्यम विकास तालिम संचालन गरेको लगायतका कुराहरु पनि कार्यक्रममा जानकारी गराउनुभयो । त्यसैगरी पर्यटकीय सम्भाव्यता अध्ययन गरी त्रिकोणत्मक पुल निर्माण, नगरपालिकाका विभिन्न धार्मिक स्थान पर्यटकीय गन्तव्यका रुपमा लिइने, लगायतका अवधारण अन्तरग केही काम सम्पन्न भएको र केही काम प्रकृयामै रहेको बताउनुभएको छ । नगरप्रमुख पदम बडुवालले कर्मचारी समायोजनको प्रकृयाले कमृचारी अभाव हुँदा सबैभन्दा चुनौतीको बिषय त्यो आफुलाई ठुलो चुनौती भएको बताउनुभएको छ। समिक्षा कार्यक्रममा अन्तरक्रियात्मक छलफल पनि भएको थियो । विभिन्न सरकारी तथा गैरसरकारी, कार्यालयका कर्मचारीतथा अन्य सरोकारवालहरुले समिक्षा कायृक्रम गर्दासम्म जनताले के के सन्तुष्टि पाए र के पाएनन् त्यो कुरामा जनताको प्तिक्रिया सहित समिक्षामा जना सहभागिले नगरपालिकालाई सुझाव दिउका छन् । त्यस्तै कुनै पनि काम दिर्धकालिन रुपमा चल्ने गरी निर्माण गर्न पनि कार्यक्रममा सहभागिले प्रतिक्रिया दिएका छन् भने काम गर्दाखेरी बिग्रिने कुराको पनि ख्याल गरिकन नगरपालिकालाई विकास निर्माणका कार्य अगाडी बढ्न कार्यक्रममा सहभागिले सुझाव दिएका छन् । नगरपालिकाले आगामी दिनमा लागु गर्ने योजनाको बारेमा पनि कायृक्रममा जानकारी गराएको छ । आगामी दिनमा इ वडिमालिका, उज्यालो वडिमालिका, एक गाँउ एक उत्पादन कार्यक्रमलाई जोडदिने, लगायतका कुराहरु कार्यक्रममा सार्वजनिक गरिउका छ् । नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख नरेन्द्र कुमार रोकाया प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा उपप्रमुख कविता विष्ट, नेकपाका नेता काँसी विक, नगरपालिकाका जनप्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी कार्यालयका पदाधिकारी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार