बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बडीमालिकालाई फोहर फाल्ने डष्टविन सामग्री हस्तान्तरण

बडीमालिकालाई फोहर फाल्ने डष्टविन सामग्री हस्तान्तरण

  • सोमवार, असार १६, २०७६
बडीमालिकालाई फोहर फाल्ने डष्टविन सामग्री हस्तान्तरण

प्रेम राैले

बाजुरा १६ असार । बाजुराको बडीमालिका नगरपालिकालाई सफा नगरी स्वच्छ नगर बनाउनका लागि चार वटा फोहर थुपार्ने सामग्री(डष्टविन) शनिबार हस्तान्तरण गरिएको छ ।
सोही नगरपालिका–८ जिउलामा रहेको महालक्ष्मी विकास बैंकले नगरपालिकालाई उक्त फोहर फाल्ने सामग्री सहयोग सहित हस्तान्तरण गरिएको शाखाका प्रमुख जनक शाहले बताए ।
उनले बैंकले संस्थागत सामाजिक उत्तरदायी हुनका लागि फोहर फाल्ने सामग्री (डष्टविन) सहयोग गरेको प्रमुख शाहले बताएका छन् ।
नगरपालिकाका चार ठाउँमा डष्टविन राखि हरेक घरबाट निस्केको फोहर उक्त डष्टविनमा फाल्नका लागि नगरपालिकालाई हस्तान्तरण गरिएको शाखा प्रमुख शाहको भनाई रहेको छ ।
डष्टविन चार ठाँउमा राखिने भएका छन् । फोहर फाल्ने डष्टविन दुनी हाटबजार,लोकतान्त्रिक चोक,गैरी बजार र मालिका नमुना माध्यमिक विद्यालय अगाडी राखिने भएका छन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाले सरससफाई हरेक व्यक्तिको लागि अनिवार्य भएकाले जिल्लालाई स्वच्छ र सफा जिल्ला बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।
जिल्लालाई सरसफाई युक्त बनाउन विभिन्न संघसंस्था,वित्तिय बैंक स्थानीय,व्यापारी लगायतले सरसफाई कार्यमा जुट्नुपर्नेमा जोड दिए ।
जिल्ला खुला दिसामुक्त क्षेत्र भएकाले अब पुर्ण सरसफाईमा लैजान सबैले लाग्नुपर्ने समन्वय प्रमुख रोकायाको भनाई रहेको छ ।
बडीमालिका नगरपालिका उप–प्रमुख कविता विष्टले नगरपालिकाको सफा नगरी स्वच्छ नगर र समृद्ध बनाउनका लागि नगरपालिका क्षेत्र भित्र रहेका गैर सरकारी, वित्तीय संस्थाको सहयोग आवश्यक रहेको बताइन् ।

नगरपालिकाले मात्र सफा नगरी बनाउन खोज्दा पनि सम्भव नभएकाले सफा र स्वच्छ नगरी बनाउन सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको छ । सो क्षेत्रमा पुर्ण सरसफाई कार्यक्रम संचालन गर्न थालेकाले पुर्ण सरसफाई युक्त बनाउन पर्नेमा विष्टको जोड रहेको छ ।
उनले मार्तडीमा रहेको दुनी हाट बजार व्यवस्थापन समिति सरसफाईमा अग्रसर भएको प्रति खुसी व्यक्त गरिन् । नगरपालिकामा रहेका स्थानीयका मागहरु पुरा गर्न खोज्दा कार्यान्वयनमा केही समस्या भएकाले कुनै अप्ठ्यारो नमान्न विष्टले सवै साधारणलाई आग्रह गरेकी छन् ।
नगर उप प्रमुख विष्टले मार्तडी बृहत खानेपानी उपभोक्तमा समितिले व्यवस्थित गर्न नसकेको बताइन् । खानेपानी प्रशस्त भएपनि उपभोक्ता समितिले सही व्यवस्थापन गर्न नसकेको उनको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार