सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • स्टक
  • कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

  • शुक्रबार, असार १३, २०७६
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, १३ असार – दशौं कोरियन भाषा परीक्षाको नातिजा सार्वजनिक भएको छ । गएको जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।

ईपीएस कोरिया शाखाले पहिले जानकारी नगराएकाले वेवसाइटमा राख्न ढिला भएको र केहीबेरमा राख्ने काम भैरहेको उनले बताए । परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए ।

यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ । कृषिमा ३ हजार र उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० जना परीक्षार्थी छनोट गर्ने कोटा निर्धारण गरेको छ ।

भाषा परीक्षा र सीप परीक्षणमा पास हुने परीक्षार्थी रोजगार आवेदन दिनका लागि योग्य हुनेछन् । रोजगारीका लागि एक सम्भावित व्यक्ति भए पनि कोरियाका रोजगारदाताको छनोटमा पर्नेले मात्र रोजगारीको अवसर प्राप्त गर्नेछन् । परीक्षामा पास हुँदैमा कोरियाको रोजगारी ग्यारेन्टी भयो भनेर ढुक्क नहुन प्रवक्ता भण्डारीले सबै परीक्षार्थीलाई आग्रह गरे ।

पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । कोरियाले करिब १ दशकदेखि नेपालीलाई आफ्नो देश लैजाँदै आएको छ । यही माध्यमबाट कोरिया पुगेका हजारौं नेपाली अहिले कोरियामा कार्यरत छन् ।

चर्चामा

सम्बन्धित समाचार