• होमपेज
  • मनोरञ्जन
  • मलाइकाले पहिलोपल्ट पोस्ट गरिन् अर्जुनसँगको ‘कपल फोटो’ !

मलाइकाले पहिलोपल्ट पोस्ट गरिन् अर्जुनसँगको ‘कपल फोटो’ !

  • शुक्रबार, असार १३, २०७६
मलाइकाले पहिलोपल्ट पोस्ट गरिन् अर्जुनसँगको ‘कपल फोटो’ !

नयाँदिल्ली : बलिउड अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरबीच प्रेम सम्बन्ध रहेको कुरा मलाइका स्वयंले पुष्टि गरेकी छन् ।

यसअघि हुँदैआएका गस्सिपलाई मलाइकाले पहिलो पटक आधिकारिक रुपमा फोटो पोस्ट गर्दै प्रेम सम्बन्ध रहेको खुलासा गरेकी हुन् । उनले इन्स्टाग्राममा अर्जुनसँगको ‘रोमान्टिक फोटो’ पोस्ट गर्दै प्रेमिल भाषामा जन्मदिनको शुभकामना समेत दिएकी छन् । बिदा मनाउन अमेरिका पुगेको यो जोडीले अर्जुनको ३४ वर्षको जन्मदिन मनाउने क्रममा यस्तो फोटो सार्वजनिक भएको हो ।

यसअघि मिडियामा गस्सिपको रुपमा उनीहरुको प्रेमबारे खबर आए पनि मलाइकाले अर्जुनसँगको ‘कपल फोटो’ सार्वजनिक गरेकी थिइनन् । मलाइकाले इन्स्टामा लेखेकी छन्, ‘मेरो पागल, फन्नी अर्जुन कपुरको जन्मदिनको शुभकामना ! प्रेम तथा खुसी सधैँ रहोस् ।’

अरवाज खानसँगको वैवाहिक सम्बन्ध टुटेपछि मलाइकाले अर्जुनसँग प्रेम सम्बन्ध गाँसेकी थिइन् । अर्जुनसँग उनको विवाह नै हुने कुरा भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार