शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘ग्याङनम स्टाइल’गायकमाथि यौनधन्धा तथा लागुऔषधको आरोप

‘ग्याङनम स्टाइल’गायकमाथि यौनधन्धा तथा लागुऔषधको आरोप

  • शुक्रबार, असार १३, २०७६
‘ग्याङनम स्टाइल’गायकमाथि यौनधन्धा तथा लागुऔषधको आरोप

सोल : ‘ग्याङनम स्टाइल’बोलको गीतबाट संसारभर चिनिएका कोरियाली पपस्टार पार्क जाए साङमाथि यौनधन्धा, लागुऔषध कारोबारीको आरोप लागेको छ । साइ नामले चिनिने पपस्टारलाई प्रहरीले यसबारे अनुसन्धान गरेको छ ।

व्यवसायकै रुपमा वेश्यालय स्थापित गरेको भन्दै उनलाई प्रहरीले गत साता सोधपुछ गरेको हो । गायक पार्क जाए साङले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन् ।कोरियाको ग्याङनम सहरमा केही वर्षयता ठूलो व्यवसायकै रुपमा फैलिँदै गरेको रात्रीजीवनकै बीच अवैध धन्धा पनि हुँदैआएको बताइन्छ ।

यसबारे बिबिसीले तयार गरेको एक रिपोर्टमा पपस्टार साङको पनि उक्त अवैध धन्धामा संलग्नता रहेको बताइएको छ । क्लब तथा होटलमा युवतीहरुलाई यौनधन्धामा बाध्य पारिँदै भिडियो उत्पादन समेत हुने गरेको बताइएको छ । यस क्रममा पपगायक साइसँगै अन्य केही सेलिब्रिटीमाथि पनि आरोप लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार