• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सुदुरपश्चिममै पहिलो पटक निसर्ग हस्पिटलमा दुरबिन प्रविधिबाट पाठेघर भित्रको परिक्षण तथा उपचार

सुदुरपश्चिममै पहिलो पटक निसर्ग हस्पिटलमा दुरबिन प्रविधिबाट पाठेघर भित्रको परिक्षण तथा उपचार

  • बुधबार, असार ११, २०७६
सुदुरपश्चिममै पहिलो पटक निसर्ग हस्पिटलमा दुरबिन प्रविधिबाट पाठेघर भित्रको परिक्षण तथा उपचार

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक दुरबिन प्रविधिबाट पाठेघर भित्रको परिक्षण तथा उपचार गर्ने हिस्टेरोस्कोपी (Hysteroscopy) सुरु भएको छ । निजि क्षेत्रबाट संचालित धनगढीको सुविधासम्पन्न निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि. मा यो उपचार भएको हो ।बिरेन्द्रनगर नगरपालिका, सुर्खेत घर भएकी ३१ वर्षकी प्रतिभा थापा (नाम परिवर्तित) को उक्त परिक्षण एवं उपचार भएको हो ।

विगत ३ वर्ष देखी बाँझोपनको समस्याबाट आजित भएकी उनी उपचारका लागि कोहलपुर, नेपालगन्ज समेत पुगिसकेकि थिइन । त्यहाँ हरेक पटक जाँदा औषधी मात्र दिने, विभिन्न जाँचहरु गर्दा समेत समस्या के हो भनेर पत्ता नलाग्ने र समाधान नभएको बिरामीका आफन्तले बताए । वास्तविक समस्या के हो भनेर थाहा पाउन सकिने र थप उपचार गर्न सकिने यस किसिमको प्रविधि त्यहाँ नहुने भएपछि नजिकमा धनगढीको निसर्ग हस्पिटलमा हुनसक्ने आफन्तको सल्लाहबाट यहाँ पुगेकी हुन ।दुरबिन प्रविधिबाट गरिने यस हिस्टेरोस्कोपी (Hysteroscopy) बाट उनको दायाँ डिंबबाहिनी नलि (Right Fallopian Tube) को मुख बन्द भएको देखियो ।

दुरबिन प्रविधिकै माध्यमबाट बिना चिरफार (घाउ नबनाई) उनको उक्त बन्द भएको नलिको मुख खोलिएको छ । अब उनको समस्या समाधान हुने सम्भावना बढेर गएको उपचारमा संलग्न चिकित्सकले बताउनुभयो ।यस किसिमको परिक्षण तथा उपचार प्रविधि बाझोपनको समस्या थाहा पाउन, डिम्बबाहिनी नलिको मुख बन्द भएको हेर्न र खोल्न, पाठेघर भित्र मासु पलाएको हेर्न र फाल्न, ट्युमर भएको हेर्न र निकाल्न, पाठेघरको मुख/प्वाल चिप्किएको हेर्न र खोल्न, पाठेघर सम्बन्धि समस्यामा बायोप्सी जाँचहरु गर्न र अन्य थुप्रै अवस्थामा समेत यो परिक्षण तथा उपचार पद्धति लाभदायी हुनेगर्छ ।उनको उपचारमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा. डा. नजमुस्सबा अन्सारी र वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा कृटिकल केयर विशेषज्ञ डा. हेमन्त ओझा लगायतको टिम खटिएको थियो ।

अस्पतालको स्थापना संगै यस्ता थुप्रै रोग तथा समस्या भएका बिरामीहरुले उपचार तथा अप्रेसनका लागि भारतका विभिन्न शहर अनि कोहलपुर, नेपालगन्ज, काठमाडौ जानुपर्ने बाध्यताको कमि भैरहेको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताउनुभयो । अझै पनि कतिपय अवस्थामा बिरामी तथा आफन्तहरुले यहाँ उपचार हुन्छ भन्ने थाहा नपाएकै कारणले पनि बाहिर जान बाध्य छन् ।

चर्चामा

सम्बन्धित समाचार