शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकको अनुमानीत बजेट ३३ करोड ८ लाख १२ हजार

बडिमालिका नगरपालिकको अनुमानीत बजेट ३३ करोड ८ लाख १२ हजार

  • मङ्लबार, असार १०, २०७६
बडिमालिका नगरपालिकको अनुमानीत बजेट ३३ करोड ८ लाख १२ हजार

पदमबहादुर सिंह
बाजुरा १० असार । बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाले आवा ०७६÷०७७ को लागी अनुमानीत बजेट पाचौ नगरसभाबाट पारित गरेको छ । समृद्ध नगर खुशी नगरबासी भन्ने मुल नारा लिएर ३३ करोड ८ लाख १२ हजार अनुमानीत बजेट नगर उपप्रमुख कविता विष्टले प्रस्तु गरेकी छन् ।
नगरपालिकालाई संघीय सरकारबाट प्राप्तवित्तीय समानीकरण अनुदान रु १० करोड ९५ लाख, सशर्त अनुदान १३ करोड ५ लाख, संघीय सरकारबाट राजश्व बाँडफाड बापत७ करोड १५ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ६८ लाख १२ हजार, प्रदेश सरकारबाट राजश्व बाँडफाँड बापत १५ लाख, नगरपालिकाको राजश्व परिचालनबाट प्राप्तहुने २५ लाख, यूनिसेफ नेपालबाट प्राप्तहुने रु ८५ लाख बजेट गरी जम्मा ३३ करोड ८ लाख १२ हजार अनुमान गरी सोही बमोजिम विनियोजन प्रस्ताव गरेको बताउको छ ।
कुल बजेटलाई चालु खर्च तर्फ ७ करोड ५५ लाख र पूँजीगत तर्फको ११ करोड ६३ लाख १२ हजार र सर्शत तर्फ १३ करोड ९० लाख हुने गरी विनियोजन गरेको छ । यसका साथै सडक बोर्ड नेपाल, युएन हेभिटेट लगायत दातृ निकायबाट सहयोग हुने साझेदार कार्यक्रमहरु, प्रधानमन्त्री रोजगार कार्यक्रम, स्थानीयपूर्वाधार विकास साझेदारी कार्यक्रम, प्रदेश पूर्वाधार विकास कार्यक्रम लगायतका सर्शत कार्यक्रमहरुको व्यवस्था मिलाएको शर्ताको छ ।
चालु खर्च तर्फ संघ तथा प्रदेशबाट प्राप्त हुने राजश्व वाँडफाँड र आन्तरिक आयबाट विनियोजन गरेको छ । जसबाट पदाधिकारीहरुको मासिक निर्वाह भत्ता, कर्मचारी तलव भत्ता, वैठक भत्ता, कार्यालय सामाग्री व्यवस्थापन, वडा कार्यालयको चालु खर्च लगायतका अनिवार्य दायित्वलाई व्यवस्थापन गरिने बताएको छ ।
भने पूँजीगत तर्फको बजेट नगरस्तरीय मर्मत सम्भार कोषबाट खर्च हुने गरी ५० लाख, वडा स्तरीय मर्मत सम्भार कोषबाट खर्च हुने गरी २९ लाख २९ हजार गरी कुलजम्मा ७९ लाख २९ हजार खर्च गर्ने गरिने बताएको छ । वडा तहका साना तीना मर्मत सम्भारका कार्यहरु वडा समितिको सिफारिसमा नगरपालिकाले कार्यान्वयनगर्ने व्यवस्था र नगरस्तरीय मर्मत सम्भार कोषको हकमा मर्मत सम्भार संचालन कार्य विधि जारी गरी सोही बमोजिम संचालनहुन प्रस्ताव गरेको छ ।
झोलुङ्गे पुलको कार्यक्रम संचालन, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना, सडक बोर्ड नेपाल,युनिसेफ,बहुक्षेत्रीयपोषण योजना अन्य साझेदारका कार्यक्रमसँग साझेदारी गर्न १ करोड ३० लाख रकम समपुरक कोषमा विनियोजन गरेको छ । जसबाट नगरमा साझेदारी बढ्न गई नगरको विकासमा सकारात्मकनतिजाहाँसिलहुने अपेक्षा गरेको छ ।
गविपद् व्यवस्थापन कोष, विपन्ननागरिक सहायता कोष, खानेपानीतथा सरसफाई कोष लगायतकाविभिन्न कोषहरुमा रकम व्यस्थापन गरेको छु । तोकिएको कार्यविधिअनुसार खर्च गर्ने व्यवस्था गरेको बताएको छ ।
नगरपालिकाका वडालाई विकासको जग र वलियो बनाउन वडा तर्फका कार्यक्रको लागि २ करोड ८२ लाख रकम सिमातोकी सोही सिमाभित्र रहि सवै वडाबाट प्राप्त योजना तथा कार्यक्रमहरुलाई वडाले प्रस्ताव गरे बमोजिम जस्ताको तेस्तै स्वीकृत गरी बजेट विनियोजन गरेको बताइएको छ । वडा तहमा बजेट सीमा निर्धारण गर्दा न्यूनतम अनुदान सबै वडामा बराबर तथा भुगोल, जनसंख्या, विकासको अवस्था, समावेशी आधार समेतबाट शुत्रको आधारमा व्यवस्थापन मिलाइएको जानकारी गराएको बताएको छ ।
समृद्ध र खुशीनगरबासीको लक्ष्यलाई पुरा गर्न २०७६ लाई लगानीबर्षको रुपमालिई आर्थिक विकास तर्फ ६० लाख ८० हजार बजेट विनियोजन गरेको छ ।
बडीमालिका नगरपालिकाको समृद्धिको आधार बडीमालिका र कालाज्रगालगायतको विकास, संरक्षण र प्रचार प्रसारका लागि १२ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
आत्मनिर्भर नगरपालिकाबनाउने उद्देश्यले कृषितर्फ कूल २६ लाख बजेट विनियोजन गरेको छु। कृषकसगनगर प्रमुखकार्यक्रमअन्तरगत सबै वडामा माटो परिक्षण, किसानको मुहार मुस्कान–प्रविधिकरण र आधुनिकीकरणको अभियान, हल्दिखुर्सानीनगरको लगानी, एक वडा एक उत्पादनपहिचाहन जस्ता कार्यक्रममा बजेट विनियोजन गरेको छु । यसै गरी उद्योग वाणिज्य तर्फ रु १ लाख, पर्यटन तर्फ १२ लाख ५० हजार, वित्तीय क्षेत्र तर्फ १ लाख, पशु तर्पm ५ लाख २५ हजार समेत गरी कुल जम्मा ६० लाख ८० हजार खर्च हुने अनुमान गरेको छु ।
सामाजिक विकास क्षेत्रः
महिलासँग उपप्रमुख तथा समाज सुधार कार्यक्रलाई प्रभावकारी कार्यान्वयनको लागि बजेट व्यवस्थापन गरेको छु । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति प्रबद्र्धन, खेलकुद तथा मनोरञ्जन, लैङ्गिक समानता तथा समावेशीकरण समेत गरी कुल जम्मा ३ करोड ५४ लाख १ हजार विनियोजन अनुमान गरेको छ ।
पूर्वाधार निर्माण क्षेत्र तर्फः
स्थानीय सडक पुल तथा झोलुङ्गे पुल, सिंचाई, भवन तथा शहरी विकास, संचार समेत गरी ६ करोड १० लाख ९० हजार विनियोजनप्रस्ताव व्यवस्था गरेको छ ।
वन, बातावरण तथा विपद् व्यवस्थापन तर्फ
बन तथा भु संरक्षण, जलाधार संरक्षण, वातावरण तथा जलवायु परिवर्तन, फोहोर मैला तथा ढल व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण, विपद् व्यवस्थापन समेत गरी ७४ लाख २८ हजार विनियोजन प्रस्ताव गरेको छु ।
संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ
सामान्य सेवा, सुचना प्रविधि, पञ्जिकरण व्यवस्थापन, तथ्यांक संकलन, सुशासन प्रबद्र्धन, अनुसन्धान र विकास, लेखांकन, राजश्व परिचालन समेत गरी ६३ लाख १४ हजार विनियोजन व्यवस्था गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार