• होमपेज
  • समाज
  • स्कुल र घरबाट माया नपाएको भन्दै ११ बर्षीय बालकद्धारा आत्महत्या !

स्कुल र घरबाट माया नपाएको भन्दै ११ बर्षीय बालकद्धारा आत्महत्या !

  • सोमवार, असार ९, २०७६
स्कुल र घरबाट माया नपाएको भन्दै ११ बर्षीय बालकद्धारा आत्महत्या !

काठमाडौं । ललितपुरमा एक बालकले विद्यालय र आफन्तबाट माया नपाएको भन्दै आत्महत्या गरेका छन् ।

ललितपुरको बागमति गाउँपालिका २ माल्टास्थित कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत ११ वर्षिय समिर लुङ्वाले घरपरिवार र विद्यालयका शिक्षक शिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन्।

उनले सुसाइड नोटमा लेखेका छन् ।

‘मेरो नाम समिर लुङवा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दु:खमा छु , मलाई कसैले माया गर्देन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाई भाउजुले हेला गर्ने, कोही सर मिस त नहुने म तिनिहरुको नाम लेख्दै छु । सरस्वती मिस, दिवाकर सर गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने म यति भन्दै बिदा माग्छु म एघार बर्ष भए म जन्मेको महिना कार्तिक १४ गते हो ।…….हस्, म यो संसार छोडेर जाँदैछु ……..’

 

(तस्वीर : दीपक अर्याल)

चर्चामा

सम्बन्धित समाचार