• होमपेज
  • समाज
  • सम्बन्धविच्छेदको माग गर्ने पुरुषको संख्यामा वृद्धि

सम्बन्धविच्छेदको माग गर्ने पुरुषको संख्यामा वृद्धि

  • सोमवार, असार ९, २०७६
सम्बन्धविच्छेदको माग गर्ने पुरुषको संख्यामा वृद्धि
पाल्पा । जिल्ला अदालत पाल्पामा सम्बन्धविच्छेदको माग गर्ने पुरुषको संख्यामा वृद्धि भएको छ । देशमा गत भदौ १ देखि नयाँ मुलुकी संहिता लागु भएयता पाल्पामा श्रीमतीसँग सम्बन्धविच्छेदको माग पुरुषको संख्यामा वृद्धि भएको हो । असार १ सम्म ६४ जना पुरुषले सम्बन्ध विच्छेदको माग गरेको जिल्ला अदालत पाल्पाका न्यायधीश शंकरराज बरालले जानकारी दिए । जसमध्ये २२ वटा मुद्दामा मेलमिलाप भएको र केही जोडी सहमतिमा मिलेर घर फर्केको उनले बताए । सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमध्ये अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका रहेका छन । उनीहरुले आफुले पठाएको रकमको सदुपयोग नभएको, बजारमा बस्ने बहानामा परपुरुषसँग सम्बन्ध बिस्तार गरेको र कतिपयको भने आफुले पठाएको रकमले किनेको जग्गा बिहेमा आएको दाइजोले किनेको जस्ता झुटो व्यवहार श्रीमतीले गरेको भन्दै श्रीमानले सम्बन्धविच्छेद मागेको न्यायधीस बरालले बताए । यस्तै पछिल्लो समयमा पाल्पामा बलात्कारको घटना पनि बढेका छन। यो वर्ष जिल्ला अदालत पाल्पामा असार १ गतेसम्म बलात्कारको ३० वटा मुद्दा अदालतमा दर्ता भएको र तीमध्ये १२ फछ्र्यौट भएको छ । बाँकी १८ वटा विचाराधीन रहेको अदालतले जनाएको छ । नयाँ संहिता लागु भएसंगै धेरै प्रकारका मुद्दाहरु अदालतमा आएको पाईएको अदालतले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार