शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘गलबन्दी’ पछि प्रकाश सपूतको अभिनयमा नयाँ गीत सार्वजनिक ( भिडियो सहित )

‘गलबन्दी’ पछि प्रकाश सपूतको अभिनयमा नयाँ गीत सार्वजनिक ( भिडियो सहित )

  • सोमवार, असार ९, २०७६
‘गलबन्दी’ पछि प्रकाश सपूतको अभिनयमा नयाँ गीत सार्वजनिक ( भिडियो सहित )

काठमाडौं ०९ असार / गायक अमृत रेगमी र सम्झना भण्डारीको  “जहाजैमा चढेर”  बोलको तीज गीत सार्वजनिक भएको छ । गायक अमृत रेगमीको नै शब्द रहेको उक्त गीतमा प्रेम सापकोटा सोनुको शब्द रहेको छ भने केश्व बडुको एरेंज रहेको छ । मायाको कुरा गरिएको उक्त गीतमा मायालुलाई घुमाउन लाने कुरा गरिएको छ ।

प्रकाश सपुत र सुजता भट्टको अभिनय रहेको उक्त गीतको भिडियो दुर्गा पौडेलले छायाँकन गरेका हुन् । गीतको भिडियोमा प्रकाश सपुत र सुजता भट्टलाई निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ ।

स्मृति तिमिलसिना गुरुआमाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रकाश धमलाले संपादन गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार