बडीमालिका खवर
बाजुरा ८ असार
नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) जिल्ला कमिटी, बाजुराले नगरापलिका एक लौटी चलेको र समन्वय र सहकार्य नभएको भन्दै ज्ञापन पत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) जिल्ला कमिटी, बाजुराले बुढिगंगा नगरपालिकामा नगरकार्यपालिका तथा नगरसभामा आफ्नो स्पष्ट अल्पमत भएको थाहा हुँदाहुँदै पनी कुनै समन्वय र सहकार्य नभएको भन्दै २२ बुदे ज्ञापन पत्र बुझाएको हो । बुडिगंगा नगरपालिकामा नेपाली काग्रेसका जनप्रतिनिधीहरुको कुनै पनि खालको समन्वय तथा सहकार्य नगरी नगरपालिकालाई नै असफल बनाउन उद्दत रहेकोको यस पछीका दिनमा सहज रुपमा जानका लागी मार्गदर्शन दिएको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) जिल्ला कमिटी, बाजुराले बताएको छ । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) जिल्ला कमिटी, बाजुरा एउटा जिम्मेवार पार्टीको हैसियतले समयमै सजग हुन ज्ञापन पत्र बुझाएको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) जिल्ला कमिटी, बाजुराका सदस्य राम बानीयाँले बताएका छन् । ज्ञापनपत्रलाई नजरअन्दाज गरी मागहरुलाई सम्बोधन नगरिएको खण्डमा जनताका आवश्यकता र चाहानाको रक्षार्थ थप गतिविधि समेत सार्वजनिक गरिने कुरा समेत सो ज्ञापन पत्र माफर्त जानकारी गराएको सदस्य बानियाँले बताए ।
! ज्ञापन पत्रमा स्थानीय सरकार संचालन ऐन २०७४ मा स्थानीय सरकारले नै निर्माण गर्नुपर्ने भनि तोकिएका ऐन, नियम तथा कार्यविधिहरु बुढिगंगा नगरपालिकाले निर्माण गरी नगरसभामा अनुमोदनका लागि पेश गर्नुपर्ने पर्नेमा त्यसो नगरी कार्यविधिहरु राजपत्रमा समेत प्रकाशित नभएकाले प्रक्रियागत ढंगले कार्यविधिहरुलाई नगरसभाद्धारा अनुमोदन गरी राजपत्रमा प्रकाशित गर्न जोडदार माग गर्दछौं बिज्ञप्तीमा लेखीएकाे छ ।
बाकी के लेखीएको छ बिज्ञप्तीमा हेर्नुहोस
विषयः ज्ञापनपत्र ।
मिति २०७६।०३।०७
संघीय राजनीतिक व्यवस्था नेपाल कै लागि एउटा नौलो अभ्यास हो । केन्द्रीकृत राज्यव्यवस्थाले सबै क्षेत्र, वर्ग, भूगोल, जातजाति, धर्म, सम्प्रदाय, वर्ण, लिंगलाई समान दृष्टिले समेट्न नसकेका कारण जनताको ठूलो बलिदान पश्चात् यो व्यवस्था आएको छ । हामीसँग विकास सुरु गरेका विश्वका कैयौ मुलुकहरु अहिले विश्वका धनी तथा विकसित मूलुकमा गणना भइरहेका छन् । केन्द्रीकृत व्यवस्थाले समानता तथा समतामूलक विकास गर्न नसकेकाले त्यो व्यवस्थाका विरुद्ध जनताले लामो संघर्ष गरेका हुन् र जनताको ठूलो बलिदानले यो व्यवस्था स्थापना भएको छ ।
संविधानसभा मार्फत नेपालको संविधान २०७४ निर्माण भई तीन तहका सरकारको निर्वाचन सम्पन्न भएको करिब २ वर्ष बितिसकेको छ । स्थानीय सरकारको निर्वाचन पश्चात् जनप्रतिनिधिहरु गाउ तथा नगरपालिकामा बहालि भइसकेपछि जनताले संघीयतालाई सिंहदरबार घरघर भनी ठूलो आशा गरेका थिए । जनताको आशा भनेको आफ्नो घर आगनको सरकार मार्फत आफ्नो विकास तथा समृद्दीका मुद्दाहरु सम्बोधन हुनेछन्, सरकारका तर्फबाट पाइने सेवा र सुविधामा सरल, सहज र शुलभ पहुँच हुनेछ । देशमा ढिलाशुस्ती, मनपरितन्त्र, अपारदर्शीता, भ्रष्टाचार, जिम्मेवारीविहिनताको अन्त्य हुनेछ भन्ने थियो । तर बुढिगंगा नगरपालिकामा त्यसो हुन सकेन । अहिले यस नगरपालिकाका जनताले जनप्रतिधिहरुको व्यवहारलाई स्वयम राजाका रुपमा स्थापित गर्न खोजेको महसुस गरेका छन् ।
प्राविधिक रुपमा नगरप्रमूख र उपप्रमुख नेपाली कांग्रेसका उम्मेदवारले जितेको यस नगरपालिकामा नगरको नेतृत्व गर्नुभएका नगरप्रमुख कै गैह्र जिम्मेवारी, अपारदर्शी तथा मनोमानीका कारण नगरपालिकाको पहिलो वर्ष नगरसभा समेत बस्न धौधौ भएको कुरा आमजनसमुदायबीच छर्लंग छ । नगरकार्यपालिका तथा नगरसभामा आफ्नो स्पष्ट अल्पमत भएको थाहा हुँदाहुँदै पनि उहाँले कुनै पनि खालको समन्वय तथा सहकार्य नगरी नगरपालिकालाई नै असफल बनाउन उद्दत रहनु भएकाले एउटा जिम्मेवार पार्टीको हैसियतले देहायका मागहरुसहित यो ज्ञापनपत्र तयार गरिएको छ । यस ज्ञापनपत्रलाई नजरअन्दाज गरी मागहरुलाई सम्बोधन नगरिएको खण्डमा जनताका आवश्यकता र चाहानाको रक्षार्थ थप गतिविधि समेत सार्वजनिक गरिने कुरा समेत यस ज्ञापनपत्र माफर्त जानकारी गराउन चाहान्छौं ।
तपसिल
१ स्थानीय सरकार संचालन ऐन २०७४ मा स्थानीय सरकारले नै निर्माण गर्नुपर्ने भनि तोकिएका ऐन, नियम तथा कार्यविधिहरु बुढिगंगा नगरपालिकाले निर्माण गरी नगरसभामा अनुमोदनका लागि पेश गर्नुपर्ने पर्नेमा त्यसो नगरी कार्यविधिहरु राजपत्रमा समेत प्रकाशित नभएकाले प्रक्रियागत ढंगले कार्यविधिहरुलाई नगरसभाद्धारा अनुमोदन गरी राजपत्रमा प्रकाशित गर्न जोडदार माग गर्दछौं ।
२ नगरले विनियोजन गरेको बजेट तथा योजनामा पारदर्शीता, जवाफदेहीता तथा निश्पक्षता कायम हुनुपर्नेमा विकास निर्माणका योजनाहरु विना अनुगमन योजनाको रकम पूर्ण भुक्तानी दिने कार्य तत्काल बन्द गर्न लगाई विना अनुगमन भुक्तानी भएका योजनाहरुको तत्काल अध्ययन गरी आवश्यक कारवाहीको माग गर्दछौ ।
३ यस नगरपालिकाका विकासका योजना सम्पन्न गर्न आवश्यक पर्ने प्राविधिक कर्मचारीहरुको नियुक्तिका कार्यविधि मार्फत पदपूर्ति गर्नुपर्नेमा हचुवाका भरमा र राजनीतिक पूर्वाग्रहका आधारमा कर्मकाण्डी विज्ञापन गरी सो विज्ञापनमा निवेदक रहेको व्यक्तिलाई विना कुनै प्रतिस्पर्धा तथा विधि प्रणालीको अवलम्बन गरी प्रााविधिक नियुक्ति गरेकोप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोर विरोध गर्नुका साथै यथाशिघ्र निश्पक्ष तथा पारदर्शी विधिबाट प्राविधिकको नियुक्ती गर्न जोडदार माग गर्दछौं ।
४ बालकृष्ण अधिकारी कार्यकारी प्रमुख हुँदा २२००००० (अक्षरेपी बाइस लाख) को समान खरिद भएको तर सो रकम बमोजिमको सामान नगरपालिकामा उपलब्ध नभएको ।
५ टिए डिए रकम आ.व.०७४।०७५ देखी ०७५।०७६ सम्म नि. प्रमुख प्रशासकिय अधिकृतले कार्यालयको काम काज मा नखटिएका कर्मचारीलाई दामासाही तरिकाले काज दिई टिएडिएको रकम तथा राज्यको सम्पिती दुरपयोग गरेको र तिलक वहादुर थापाले आफ्नो व्यक्तिगत कार्यमा काठमाण्डौ गएको समयमा प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले काज दिई टिएडिए रकम दुरपयोग गरेकोले यसकोलागी सम्वन्धित निकायमा कार्वाहीको माग गर्ने ।
६ नगरपालिका भित्रको स्वास्थ्य तथा अन्य निकायको औषधि खरिद आ.व. ०७४।०७५ विनियोजित रकम १२००००० (अक्षेरुपी वाह्र लाख मात्र) ०७५।०७६ को औषधि खरिद रकमको टेण्डर तथा क्वटेशन विल आव्हान तथा सुचना प्रकासित नगरी आन्तरिक विल भर्पाइ मिलाई नगर स्वास्थ्य प्रमुख दिपक वहादुर शाहलाई आफै पेश्किलिई खरिद गरी नियम विपरित गरकोले यसको छानविनको लागी सवन्धित निकायमा कार्वाहीको माग गरी दोषी कर्मचारी माथी कार्वाहीको माग गर्ने ।
७ पदपुर्ति समिति गठन तथा करार कर्मचारी भर्ना गर्दा कार्यपालिकाको निर्णय,आदेश वा अधिकार पत्र प्रमाणिकरण नियमावली २०७४ को १० नं. उपनियम ३ वमोजिम विज्ञ र करार सेवा कर्मचारी भर्ना गर्दा कार्यपालिकाको निर्णय अनुसार हुने भन्ने व्यवस्था हुदा हुदै नि. प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापा वाहिर काजमा गएको मौका हेरी नि. प्रमुख प्रशासकिय अधिकृत दिपक वहादुर शाहले आर्थिक अधिकारी प्राप्त नभएको कर्मचारीले यहि मिति २०७५ साल फाल्गुन २९ गते विज्ञापन नं.०१।०७५।०७६ अनुसार ४ जना अनमी को भर्ना प्रक्रिया पुरा गरी हाल टाँटे स्वास्थ्य चौकीमा कार्य संचालनमा लगाएकोले यसको नियमानुसार कार्वाही माग गर्दछौ
८कार्यालय समान खरिद गर्न लिएको पेश्कि नियमानुसार फच्र्यौट नगरी कर्मचारीले नियम विपरित फच्र्यौट गर्ने गरेकोले यस्ता कार्यको नियमानुसरा कार्वाहीका माग गर्दर्छौे ।
९ कार्यालयको सामान खरिदमा स्टोर दर्ता गराएर नगरपालिका स्वास्थ्य शाखा ईन्चार्ज, दिपक वहादुर शाह, नि.प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापा, लगाएतका कर्मचारीले आफ्नो मनोमानी ढंगले मिलोमतो गरी आ.व. ०७४।०७५ र ०७५।०७६ को वडा र नगरपालिकाको प्रक्रिया तथा नियम विरुद्ध गई लाखौंको सामन खरिद गरी राज्यको सम्पती दुरपयोग गरेकोले लेखा शाखा र स्टोर शाखा सिल गरी छानविन गरी नियमानुसार कार्वाही माग गर्दछौं ।
१० यस वुढीगंगा नगरपालिका उप प्रमुख तारा देवी खाती (थापा) ले मनपरी ढंगले लक्षित वर्गका लागी आ.व. ०७५।०७६ विनियोजित रकम खर्च गरेकोले यसको छानविन गरी नियमानुसार कार्वाहीको माग गर्दछौ ।
११ वुढीगंगा नगरपालिका सवारी चालक केदार विक्रम शाहलाई स्कारपिव सवारी चालकमा नगर प्रमुख दिपक विक्रम शाह र नि. प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले विज्ञापन तथा सुचना प्रकासित विना मिलोमतो गरी भर्ना गरेकोले यसको नियमानुसार कार्वाहीको माग गर्दछौं
१२ वुढगंगा नगरपालिका उप प्रमुख तारा देवी खाती (थापा) र लोकहरी थापाले आ.व. ०७५।०७६ मा स्थानिय सरकार संचालन ऐन २०७४ विरुद्ध गई आपसमा मिलोमतो गरी उप प्रमुखले आफ्नो निजि खाना पकाउने व्यस्थापन गरी नियुक्ति दिई राज्यको सम्पती दुरपयोग गरेकोले यसको नियमानुसार कार्वाहीको माग गर्दछौं ।
१३ वुढीगंगा नगरपालिका नगर प्रोफाईल लागी सुचना तथा विज्ञापन नगरी आ.व.०७५।०७६ को विनियोजित रकम ३००००००(अक्षेरुपी तिसलाख मात्र) मध्य १८००००० (अक्षेरुपी अठारलाख मात्र) मा डेभेलपमेण्ट भिजन प्रा.ली. काठमाण्डौलाई आन्तरिक सहमती गरी नगर प्रमुख दिपक विक्रम शाह र नि.प्रमुख प्रशासकिय आधिकृत लोकहरी थापाले सम्झौता गरी कार्य संचालन गराएकोले यस्तो कार्य नियम संगत नभएकोले यसको कानूनी कार्वाहीको माग गर्दछौ ।
१४ टि.भि. टु—डे काठमाण्डौ पत्रकारितालाई वुढीगंगा नगरपालिकाको डकुमण्टरी तयार गर्न नगर प्रमुख दिपक विक्रम शाह र नि.प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले सुचना प्रकासित विना कार्य गर्न लगाएकोले यो नियम संगत नभएकोले यसको नियमानुसार कार्वाहीको माग गर्दछौ ।
१५ नगर स्वास्थ्य शाखा प्रमुख दिपक वहादुर शाहले बुढीगंगा नगरपालिका वडा नं. ५ टाँटे स्वास्थ्य चौकीमा आ.व.०६५। ०६६ देखी हालसम्म ल्वाव एसिसटेण्ट श्री खडक विष्टलाई काममा लगाई हालसम्म स्वास्थ्य व्यवस्थापन समितिको सहमती निर्णय विना ल्याव चेक जाँच र विरामी पुर्जाको आम्दनी खर्च विवरण तथा अडिट कार्य नगरी नगरकार्यपालिकाको निर्णयानुसार आम्दानी भएको रकम नगर कार्यपालिकामा जम्मा गरी आवश्यकता अनुसार माग गर्ने निर्णय भएकोले निज कर्मचारीले एकलौटी आफ्नो मनपरी तन्त्र लागु गरेको । आ.व. ०७५।०७६ देखी राम वहादुर खातीलाई स्वास्थ्य व्यवस्थापन समितिको निर्णय नगरी तथा प्रतिस्पर्धा नगरी आफैले भर्ना गरी कार्यालय सहयोगीमा कामकाज गराई स्वास्थ्य आम्दानीको रकम खर्च गरेकोले यस्ता वदनियत कर्मचारीलाई कानूनी कार्वाहीको माग गर्दछौ ।
१६ बुढीगंगा नगरपालिकाको नगरसभा संचालनमा आ.व.०७४।०७५ र आ.व. ०७५।०७६ को विनियोजित रकम दुरपयोग गरेकोले यसको छानविन गरी कार्वाहीको माग गर्दछौं ।
ज्ञठ। बुढीगंगा नगरपालिकाको लेखा अधिकृत तिलक वहादुर थापाले आव ०७५।०७६ मा आफै नि. प्रमुख प्रशासकिय अधिकृत भएको मौका छोपी विद्यालय अडिटरको सुचना प्रकासित नगरी आफैले विद्यालयको अडिट तयार गर्ने अनुमति लेखी आफैले जिम्मा लिएको पत्र तयार गरेकोले यस्तो वदनियत कार्यको छानविन गरी कार्वाहीको माग गर्दछौ ।
१७ बुढीगंगा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक वहादुर शाहले सुदुरपश्चिम प्रदेश सामाजिक मन्त्रालय मार्फत जिल्ला जनस्वास्थ्य कार्यालय वाट आ.व. ०७५।०७६ को टाँट स्वास्थ्य चौकी प्राप्त रकम १८००००० –अक्षेरुपी अठारलाख मात्र) रकम आफैले वुढीगंगा नगरपालिका वडा नं.५ को टाँटे स्वास्थ्य चौकीमा व्यवस्थापन समितिलाई जानकारी नगरी ग्रिल,ट्रष्ट निर्माण कार्य गरेकोल यस्तो वदनियत कार्यको निन्दा गर्दै नगर स्वास्थ्य शाखा प्रमुखले व्यक्तिगत तवर यस्ता कार्य संचालन गरैकोले यस्ता कार्यको कार्वाहीको माग गर्दछौ ।
१८ बुढीगंगा नगरपालिकामा नि.प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापा र वेडलिंक ९ध्यचमि ीष्लप ध्षष्० दिपक विष्टको आन्तिरिक सहमतिमा नियमानुसार सुचना प्रकासित नगरी ६००००० (अक्षेरुपी छलाख मात्र) सामान खरिद गरी स्टोर दर्ता गरी भुक्तानी दिएकोले यस्ता कार्य नियम विपरित भएकोले यसको कार्वाहीको माग गर्दछौ ।
१९ बुढीगंगा नगरपालिकामा नेपाल सरकारले व्यवस्थापन गरेको सुत्र सफ्टवेयरमा डाटा ईण्ट्री नगरी हातले भौचर तयार गरी भुक्तानी कार्यक्रम गर्दा भष्ट्राचार मौलाएकोले यस्तो वद नियतको कानूनी कार्वाहीमो माग गर्दछौ ।
१० बुढीगंगा नगरपालिका वडा नं.३ स्थित संचालनमा रहेको चैते पिपल निम्न माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष धन वहादुर थापाले नगर प्रमुख दिपक विक्रम शाहलाई शिक्षिका विद्यालयमा छ महिनासम्म अनुपस्थित भएकाले कानूनी कार्वाहीका मागको निवेदन पेश गरी छानविनको लागी नि. प्रमुख प्रशासकिय अधिकृत सम्म तोकादेश अगाडी वढीसकेको अवस्थामा कार्यरत शिक्षिका शुशिला रौले (थापा) लाई २०७५ अषाढ मसान्त देखी पौष मसान्तसम्मको तलव विद्यालयमा हाजीरी नभएर धनगढी बसि हाजीरी प्रमाणित गरी बुढीगंगा नगर कार्यपालिका नि.प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले भुक्तानी दिएकोमा यस सम्वन्ध छानविन गरी कार्वाहीको माग गर्दछौ ।
२१ बुढीगंगा नगरपालिका वडा नं. ९ देवलसैन स्वास्थ्य चौकी ईन्चार्ज कुल वहादुर रावलले आ.व.०६४।०६५ देखी आ.व.०७५।०७६ सम्म स्वास्थ्य चौकी कार्यरत रहदा सम्मको १७०००० (अक्षेरुपी सत्रलाख मात्र) सरुवा भएर जाँदा सम्म पनि वझवुझारत नगरी गएकोले यसको छानविन गरी कानूनी कार्वाहीको माग गर्दछौं ।
नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) जिल्ला कमिटी, बाजुरा
भरत थापा
रामबहादुर बानियाँ
दिलबहादुर कुँवर
हिक्मत थापा
रमेश बहादुर रावल
पदम बहादुर भण्डारी
हिरामनी जैशी
कृष्ण थापा
माया कुमारी शाह
देव थापा (खाती)
अर्जुन कटुवाल
दीनेश राज जैशी
मनादेवी जैशी
हिरेन्द्र बानियाँ