• होमपेज
  • समाज
  • शिक्षक र विद्यार्थीको लाजमर्दो हर्कतवाला भिडियो लिक, गाउँभरि तहल्का मच्चियो !

शिक्षक र विद्यार्थीको लाजमर्दो हर्कतवाला भिडियो लिक, गाउँभरि तहल्का मच्चियो !

  • शुक्रबार, असार ६, २०७६
शिक्षक र विद्यार्थीको लाजमर्दो हर्कतवाला भिडियो लिक, गाउँभरि तहल्का मच्चियो !

चम्पारणको केसरियामा एक शिक्षकले मर्यादाको रेखा नाघेर पवित्र सम्बन्धलाई लज्जित बनाइदिएका छन् । त्यहाँको चाद पसरास्थित मध्य विद्यालयका प्रधान शिक्षकको यो कर्तुतले पुरै इलाका स्तब्ध बनेको छ ।

शिक्षक रुपेश कुमार सिंहले आफ्नै विद्यालयकी एक नाबालिक छात्रालाई यौनसिकार बनाएका थिए । यो अवैध सम्बन्धको अश्लील भिडियो समेत लिक भएपछि भाइरलै बनेको छ । यो घटना प्रमुख जिल्ला अधिकारी अनुपम कुमारको जनता दरबारसम्म पनि पुगेको छ । डीडीसीको आदेशमा डीईओले घटनाको जाँच गरिरहेको छ ।

यसैबीचमा विद्यालयका अध्यक्ष जितेन्द्र कुमार मिश्राले पनि प्रहरीमा मुद्दा दर्ता गराएका छन् । तर, प्रहरीले न्यायालयबाट पक्राउ पूर्जी नपाएका कारण अहिलेसम्म आरोपी शिक्षकलाई गिरफ्तार गरेको छैन् ।

ट्युसन क्लासमा भयो सेक्स

समाचार अनुसार मध्य विद्यालयका शिक्षक रुपेश कोचिङ क्लास पनि चलाउथे । उनले कोचिङमै विद्यालयकी छात्रालाई आफ्नो सिकार बनाएका हुन् । त्यही बेला भिडियो क्लिप बनेको थियो । प्रहरीले भिडियो कसले बनायो र छात्रासँग अरुले पनि अवैध सम्बन्ध राखे की भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।

भिडियो नै सार्वजनिक भएपछि रुपेशलाई जागिरबाट बर्खास्त गरिएको छ । प्रहरी उपरीक्षक मुन्द्रिका प्रसादले घटनाको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार