बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाद्धारा हजार दिनकी आमालाई अण्डा फलफूल

बुढिगंगा नगरपालिकाद्धारा हजार दिनकी आमालाई अण्डा फलफूल

  • शुक्रबार, असार ६, २०७६
बुढिगंगा नगरपालिकाद्धारा हजार दिनकी आमालाई अण्डा फलफूल

पदमबहादुर सिंह
बुढिगंगा । बुढिगंगा नगरपालिकाले हजार दिनकी आमालाई अण्डा र फलफूल बितरण गरेको छ । नगरपालिकामा ६ सय ५० जना हजार दिनका आमा रहेको र सबै आमाहरुलाई एक केरेड अण्डा र फलफूल वितरण गरिएको बुढिगंगा नगरपालिका पोषण सहज कर्ता दलबहादुर कटुवाललाले जानकारी दिए ।
मंगरबार बाट वितरण सुरु गरेको र नगरपालिकाका १० ओटै वडाका आमाहरुलाई वितरण गरिने कुटुवालले बताए । पहिलो चरणकम १, २, ३, ७, ८ , ९ र १० नम्बर वडाका दिन ४ सय जना सुनौला हजार दिनकी आमाहरुलाई वितरण गरेको र बाकी ४, ५ र ६ नम्बर वडाका आमाहरुलाई अण्डा उत्पादनमा ढिलाई भएकोले केही दिनमै वितरण गरिने नगरपालिकाले बताएको छ ।
नगरपालिका भित्रका सुनौला हजर दिनका आमा र बच्चाहरुलाई कुपोषण हुन नदिन पोषिलो खाने कुरा अण्डा र फलफूल वितरण गरिएको बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक विक्रम शाहले जानकारी दिए । यो भन्दा पहिला सुनौला हजार दिनकी आमालाई पोषिलो खाने कुरा र सरसरफाई सम्बन्धि तालिम, कुखुराका चल्ला, तरकारीको बिऊ वितरण गरिएको नगरप्रमुख शाहले बताए ।
कुपोषण न्यूनीकरण गर्न जन्मने बच्चा स्वास्थ जन्माउन नगरपालिकाले बुहक्षेत्रीय पोषण कार्यक्रम अत्र्तगत पोषण र सरसफाई सम्बन्धि कार्यक्रम कार्यक्रम संचालन गरिएको शाहले बताए । आर्थिक अबस्था र पछाडी परेका वर्गका हजार दिनका आमा र बालवालिका सबै भन्दा बढि कुपोषण रहेका छन् । उनिहरुलाई कुपोषणका बारेमा जानकारी साथै जाउलो बनाउन सिकाउने जस्ता काम भइरहेका छन् । कुपोषण न्युनिकरणका लागि नगरपालिका लगायत अन्य गैरसरकारी संस्थाहरुले समेत काम गरिरहेको स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार