शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तरवार्ता
  • कार्यस्थलमा यौन शोषण : किन खुल्दैनन् पीडित महिला ? [अन्तर्वार्ता]

कार्यस्थलमा यौन शोषण : किन खुल्दैनन् पीडित महिला ? [अन्तर्वार्ता]

  • शुक्रबार, असार ६, २०७६
कार्यस्थलमा यौन शोषण : किन खुल्दैनन् पीडित महिला ? [अन्तर्वार्ता]

काठमाडौं – समय–समयमा सुनिने हिंसाका घटनाले महिलाहरू त्रसित भएर हिँडडुल गर्नुपर्ने हुन्छ । अपरिचित होइन, परिचितबाटै घर र कार्यस्थलमै यौन हिंसा र शोषणका घटना समेत हुने गर्छन् ।

कार्यस्थल लगायत ठाउँमा भएका हिंसाका घटनाबारे खुलेर बोल्न केही महिनाअघि ‘मीटू’ अभियान चलेको थियो । त्यो अभियानको पक्षमा खुलेर लागेकी थिइन् त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रकी प्राध्यापक निर्मला ढकाल । ‘मीटू’ अभियानको प्रभावकारिता कस्तो रह्यो ? उत्साहजनक नतिजा देखिएन । महिला हिंसा स्वदेशमा मात्रै होइन, वैदेशिक रोजगारीमा गएका महिलामाथि समेत हुने गर्छ । वैदेशिक रोजगारमा गएका महिलाको हकहिकका लागि काम गर्दै आएकी छन् आशा लामा । घरेलु कामदारका रुपमा विदेश गएर विभिन्न हिंसामा परेका महिलालाई सहयोग गर्दै उनले अधिकारवादी अभियान्ताको भूमिका खेलिरहेकी छन् । उनले सिरिया, इराकलगायत अरबी देशमा हिंसामा परेका दर्जनौं महिलाको उद्वार गरेकी छन् ।

अभियन्ता ढकाल र लामा महिला हिंसाका घटना खुलेर नआउने गरेको बताउँछन् । हिंसा र यौन शोषणका घटना खुलेर नआउँदासम्म वकालत गर्न नसकिने अवस्था हुन्छ । कार्यस्थलमा हुने यौन शोषणबारे किन खुल्दैनन् त पीडित महिला ?

लोकान्तर डटकमको ‘लोकान्तर शो’का लागि दिलनिशानी मगरले अभियन्ता ढकाल र लामासँगै अन्तर्वार्ता लिएका छन् । विस्तृत अन्तर्वार्ता हेर्नुहोस् भिडियोमा :-

 

चर्चामा

सम्बन्धित समाचार