• होमपेज
  • राजनीति
  • विप्लब नेकपाका जिल्ला कमिटी सदस्यद्धारा पार्र्टी परित्याग (बिज्ञप्ती सहित)

विप्लब नेकपाका जिल्ला कमिटी सदस्यद्धारा पार्र्टी परित्याग (बिज्ञप्ती सहित)

  • बिहिबार, असार ५, २०७६
विप्लब नेकपाका जिल्ला कमिटी सदस्यद्धारा पार्र्टी परित्याग (बिज्ञप्ती सहित)

बडीमालिका खवर
बाजुरा ५ असार
त्रिवेणी नगरपालिका कैलाशमाण्डौँका नेकपाका जिल्ला कमिटी सदस्य दयाराम थापाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समुह परित्याग गरेका छन् । उनले २०४७ सालदेखि अनेरास्ववियु बाटै राजनितिक यात्रा सुरु गरेका थापाले आफ्नो पारिवारिक स्थिती बालबच्चाहरुको पढाई लेखाई आदिका कारणले आफुले आजको मितिबाट पार्टी परित्याग गरेको प्रेश विज्ञप्ती मार्फत जानकारी गराएका छन् । माले एमाले हुँदै जिल्लाको अन्तर विरोधिसंग पनि राम्रै क्रियाकलाप गरी २०५४ सालमा अनेरास्ववीयु क्रान्तीकारी विद्यार्थी संगठन कैलाली बुहुमुखी क्याम्पसमा स्ववीयु सचिव पदमा उम्मृदवारी लिई आफुले चुनाव लडेको विज्ञप्तीमा लेखेका छन् । पछी १० वर्षे जनयुद्ध रहर र समयका साथ बिताइएको, प्रचण्ड बाबुरामको आत्म सुरक्षाबादी चिन्तन र मोहन वैद्य किरणको विद्रोह बिचको अन्तर सर्घषपछि बिद्रोहको किल्ला रोजेको र यस पार्टिमा पनि दुर्य तीन वर्ष लाग्दा पनि परिणाम र व्यवहारमा केही पुष्टयाई नभएपछि आफ्नो घरको पारिस्थितिक अवस्था देखि सम्पूर्ण अवस्थाका कारणे नेपाल कम्युनिष्ट पार्टी विप्लवको परित्याग गरेको यसै विज्ञप्ती मार्फत जानकारी गराउँदछु । उनको हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार