• होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेशसभा अगाडि प्रतिपक्षी सांसदले जलाए सरकारको रातो किताब

सुदूरपश्चिम प्रदेशसभा अगाडि प्रतिपक्षी सांसदले जलाए सरकारको रातो किताब

  • बिहिबार, असार ५, २०७६
सुदूरपश्चिम प्रदेशसभा अगाडि प्रतिपक्षी सांसदले जलाए सरकारको रातो किताब

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको विरोध गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदले बजेट पुस्तिका (रातो किताब) जलाएका छन् ।

बिहीबार दिउसो प्रदेशसभाको बैठक बहिस्कार लगत्तै प्रदेश सभाको गेटमै सासंदहरुले आगामी आर्थिक वर्षको बजेटको विरोध गर्दै रातो किताब जलाएका हुन् । प्रदेशसभा बैठक बहिस्कार गरी बाहिरिएका कांग्रेस र राजपाका सांसदले बजेटको विरोधमा नाराबाजी गर्दै प्रदर्शन समेत गरेका थिए ।

सासंदलाई समेत अपमान गर्ने किसिमले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेट ल्याएको उनीहरुको आरोप छ । नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले भनेका छन्, ‘प्रदेश सरकार लुटतन्त्रमा ब्यस्त छ, आसेपासेलाई बजेट बाँडिरहेको छ ।’ जनतामैत्री बजेट नल्याएकाले बजेट पुस्तिका जलाइएको डा. रावलको भनाइ छ ।

प्रदेश सदस्य भरत खड्काले प्रदेश सरकारले ब्ल्यांक बजेट ल्याएको भन्दै विरोध जनाएका थिए । उनी भन्छन्, ‘लुटतन्त्र मच्चाउन र आफ्ना आसेपासेलाई पाल्न रातो किताबमा शिर्षक विना नै बजेट राखिएको छ, यो हामीलाई स्वीकार्य हुँदैन ।’

कांग्रेस र राजपाका प्रदेश सदस्यले यो बजेट संशोधन नगरुन्जेल आफूहरुलाई मान्य नहुने बताएका थिए । यसअघि प्रदेशसभा बैठकमा समेत कांग्रेसले अवरोध सृजना गरेको थियो । कांग्रेसले अवरोध गरेपछि ८ गतेसम्मका लागि बैठक स्थिगित भएको छ ।

चर्चामा

सम्बन्धित समाचार