काठमाडौं, असार ५ गते । सर्लाही जिल्लामा प्रहरीको गोली लागेर प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लबको नेतृत्वको नेकपाका जिल्ला नेताको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्ला इन्चार्ज कुमार पौडेल रहेका छन् ।
दुईवटा मोटरसाइकलमा आएका चारजना विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान भएको थियो ।
विप्लवका जिल्ला इन्चार्ज पौडेलसहितको टोलीले प्रहरीमाथि आक्रमण थालेपछि जवाफी फायरिङ हुँदा पौडेलको मृत्यु भएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको हो ।गोरखापत्र अनलाइनबाट