• होमपेज
  • मनोरञ्जन
  • बहुप्रतिक्षित गीत ‘ए तिम्रो माया’ सार्वजनिक [ भिडियो सहित ]

बहुप्रतिक्षित गीत ‘ए तिम्रो माया’ सार्वजनिक [ भिडियो सहित ]

  • मङ्लबार, असार ३, २०७६
बहुप्रतिक्षित गीत ‘ए तिम्रो माया’ सार्वजनिक [ भिडियो सहित ]

काठमाडौं / मुस्कान – बहुप्रतिक्षित गीत ‘ए तिम्रो माया” भावाना म्युजिक सोलुसनबाट बजारमा आएको छ । उक्त गीतमा लोकप्रिय गायिका बिष्णु माझी र मोहन खड्काको स्वर रहेको छ ।  चर्चित मोडल विमल अधिकारले उत्कृष्ट शब्द संयोजन गरेको गीतमा संगीत भने गायक स्वयम् मोहन खड्काले भरेका हुन् ।

फिल्मी शैलीमा तयारी पारिएको छ भिडियोमा बरिस्ठ अभिनेता सुनिल थापाको मुख्य भुमिका देख्न सकिन्छ , साथमा चर्चित मोडल विमल अधिकारी र सारिका केसी को अभिनयले भिडियो झनै उत्कृष्ट बनेको छ त्यस्तै अन्य कलाकार ( जमेष बिसी , रमेश अधिकारी ,रश्मि भट्ट ,बि . पाण्डेको भुमिका पनि तारिफयोग्य छ । अतिथि भुमिकामा मधु आचार्य , कृष्ण जोशी,बिष्णु बोहरा ,खिन्ते काका , मन्दिरा अधिकारीले साथ दिएका छन् । उत्षव दाहालको छायांकनमा कपिल लामाले निर्देशन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

यदि तिमिलाई केही भए भोलि

खेलि छाड्छु रगतको होली ..

ए तिम्रो माया कहिले सम्म साँचु

विमल अधिकारी र मोहन खड्काले सहकार्य गरेका दर्जनौ गीतहरुले बजारमा राम्रो स्थान पाइरहेको बेला यो गीतले पनि दर्शक स्रोताको मन जित्न होस् । चौतारी मिडियाको तर्फबाट सफलताको शुभकामना । भिडियो हेर्नुहोस् :

चर्चामा

सम्बन्धित समाचार