बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्टक
  • आज सातै प्रदेशको बजेट घोषणा हुँदै, कुन प्रदेशको बजेट कत्रो ?

आज सातै प्रदेशको बजेट घोषणा हुँदै, कुन प्रदेशको बजेट कत्रो ?

  • आइतवार, असार १, २०७६
आज सातै प्रदेशको बजेट घोषणा हुँदै, कुन प्रदेशको बजेट कत्रो ?

१ असार, काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।

संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् । प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ ।

यहीअनुरुप आफ्नो प्रदेशको बजेट तयारी गरेको प्रदेश सरकारहरुले बताएका छन् ।

संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारहरुले बजेट ल्याउँदैछन् । यस आधारमा सातवटै प्रदेशको कूल बजेट करिब २ खर्ब ५४ अर्बको हुने अनुमान गरिएको छ । आइतबार अपरान्ह प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

कुन प्रदेशको बजेट कत्रो ?

सबै प्रदेशले चालु आर्थिक वर्षको भन्दा केही ठूलो आकारको बजेट ल्याउन लागेका छन् ।

प्रदेश १ सरकारले करिब ४२ अर्बको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्षमा उसले ३५ अर्ब २ करोडको बजेट सार्वजनिक गरेको थियो ।

प्रदेश २ को बजेट करिब ३५ अर्बको हुने गरी आर्थिक योजना मन्त्रालयले तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले २९ अर्बको बजेट ल्याएको थियो ।

त्यसैगरी प्रदेश ३ को सरकारले ४८ देखि ५० अर्बको वीचमा बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले ३५ अर्बको बजेट ल्याएको थियो ।

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि ३२ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । यो प्रदेशले चालु आर्थिक वर्षमा २४ अर्बको बजेट ल्याएको थियो ।

प्रदेश ५ को बजेट करिब ३४ अर्बको हाराहारीमा आउने प्रदेश मन्त्रालय स्रोतको भनाइ छ । यस प्रदेशले पहिलो आर्थिक वर्षमा २८ अर्बको बजेट ल्याएको थियो ।

कर्णाली प्रदेशले ३३ अर्बको हाराहारीमा बनेट ल्याउन लागेको छ । कर्णालीले चालु आर्थिक वर्षमा २८ अर्बको बजेट ल्याएको थियो ।

त्यसैगरी सुदुर पश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले २५ अर्बको बजेट बनाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार