शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पहिराेले यातायात सेवा अबरूद्व

पहिराेले यातायात सेवा अबरूद्व

  • शनिबार, जेष्ठ ३२, २०७६
पहिराेले यातायात सेवा अबरूद्व

बडीमालिका खवर
बाजुरा ३२ जेठ
कर्णाली करिडाेर अन्तर्गत लालिघाट देखि धुलाचाैर सम्मकाे ८२ किलाेमिटर सडक खण्डमा २०७५ चैत्र महिना देखि संचालनमा अाएकाे थियाे । गत साेमबारकाे अबिरल बर्षाका कारण जगन्नाथ गाँउपालिकाकाे वडा नं ५,काे भुकाखाेलामा पहिराे खस्दा यातायात सेवा अबरुद्ध अबरुद्ध भएकाे छ । जिप सेवा संचालन पश्चाच हुम्ला,मुगु र बाजुराका जनतालाई नेपालगंज, सुर्खेत र काठमाण्डाै सम्मकाे यात्रा समय र पैंशाकाे हिसावले सहजता भएकाे थियाे । गत साेमबारकाे अबिरल बर्षाका कारण जगन्नाथ गाँउपालिकाकाे वडा नं ५,काे भुकाखाेलामा पहिराे खस्दा यातायात सेवा अबरुद्ध भएकाे स्थानियले बताएका छन् । जगन्नाथ गाँउपालिकाले पहिराे खाेल्नका लागि डाेजरकाे प्रयाेग गरेपनि ठुला,ठुला ढुंगा खसेकाेले पहिराे पन्छाउन नसकिएकाे गाउपालिकाका राेजगार संयाेजम लक्ष्मण जाेशीले बताएका छन् ।

नेपाली सेनाले जिम्मा लिएकाे उक्त सडक खण्डकाे पहिराे पन्छाउन र यातायात सेवा संचालन गर्नका लागि सेनाले तत्काल पहल गर्नु पर्ने गाउँपालिकाले बताएकाे छ । उक्त सडकमा १२ वटा जिपले अनुमति लिएर सेवा दिदै अाएकाेमा हिजाे अाज २ देखि ४ वटा जिपले लालिघाट बाट भुकाखाेला सम्म यात्रुलाई सेवा दिइरहेकाे भए पनि सहज हुन नसकेकाे स्थानियले बताएका छन । धुलाचाैर र पिलुचाैर बाट यात्रुहरूले जिप चढ्नका लागि भुकाखाेला सम्म पैदल यात्रा गर्नु परेकाेछ । सुर्खेत,नेपालगंज र काठमाण्डाै बाट अाएका यात्रुले भुकाखाेला बाट पिलुचाैर सम्म झाेला र समान बाेकाउन महँगाे भाडा तिर्नु परेकाे यात्रुहरूले बताए । दैनिक उपभाेग्य समान र भाैतिक पुर्वाधारका याेजनाहरूकाे समान ढुवानीमा समेत अवराेध भएकाेछ । सडक चैत महिनादेखी संचालनमा अाएकाे थियाे

चर्चामा

सम्बन्धित समाचार