बडीमालिका खवर
बाजुरा ३२ जेठ
जिल्लाकाे सदरमुकाम मार्तडीमा पुर्ण खाेपकाे दिगाेपना बिषयमा एक दिने कार्यशाला गाेष्ठी सम्पन्न भएकाे छ । बाजुरा जिल्लाका नाै अाेटै स्थानिय तहका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, र स्वास्थ्य संयाेजकहरूलाई पुर्ण खाेपका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमकाे अायाेजना गराएकाे हाे ।
जिल्लामा पुर्ण खाेपलाई दिगाेपना र सुनिश्चितता गर्न स्थानिय तहकाे भुमिका के हुने भन्ने बिषयमा एक दिने कार्यशाला गाेष्ठीकाे अायाेजना गरिएकाे जिल्ला स्वास्थ्य कार्यलयका सुर्य बिष्टले बताएका छन । प्रदेश सरकार सुदुरपश्चिम प्रदेश सुदुर पश्चिम स्वास्थ्य निर्देशनालयकाे अायाेजनामा गाेष्ठीकाे अायाेजना गरिएकाे थियाे । जिल्लामा भईरहेकाे प्रयास र यसलाई निरन्तरता दिन स्थानिय तहले गर्न सकिने कामहरूकाे बारेमा जानकारी गराएकाे थियाे । म स्वास्थ्य मेराे देश स्वस्थ्य सुखी नेपाली समृद्ध नेपाल भन्ने मुल नाराका साथ साे कार्यक्रम गरिएकाे अायाेजकले बताएकाे छ । ब्यायम ,सरसफाइ धुवारहित चुलाे कुपाेषण मुक्त स्वास्थ्य जीवन निर्बाह गर्न कसरी सकिन्छ भन्ने बिषयमा छलफल गरिएकाे अायाेजकले बताएकाे छ । सरसफाइ लगायत सामाजिक स्वास्थ्य , ब्यक्तिगत स्वास्थ्य लगायत सरसफाइ र स्वस्थ रहन स्थानिय तहकाे रणनिति तथा भुमिका के हुने बिषयमा छलफल गरिएकाे बताएकाे छ । जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार राेकायाकाे अध्यक्षतामा संचालन गरिएकाे कार्यक्रममा जिल्लाका सबै स्थानिय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत, सबै स्थानिय तहका स्वास्थ्य संयाेजक लगायत जिल्लामा कृयाशिल विभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण सुदुर पश्चिम स्वास्थ्य निर्देशनालयका नवराज कटेलले गरेका थिय । कार्यक्रमकाे उदेश्य स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख रामचन्द्र यादवले गरेका थिए ।