• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • याैंन चाहाना केटीमा बढी हुन्छ की केटामा ? यस्तो छ अनुसन्धानकर्ताको भनाइ

याैंन चाहाना केटीमा बढी हुन्छ की केटामा ? यस्तो छ अनुसन्धानकर्ताको भनाइ

  • शुक्रबार, जेष्ठ ३१, २०७६
याैंन चाहाना केटीमा बढी हुन्छ की केटामा ? यस्तो छ अनुसन्धानकर्ताको भनाइ

एजेन्सी – किशोरावस्थामा पुगेपछि मानिसमा यौन इच्छा जागरुक हुन्छ । उचित समय, परिस्थिति र व्यक्तिको उपस्थितिमा यो इच्छा यौन सम्पर्कमा परिणत हुन सक्छ । तर यौन सम्पर्कको चाहनाका बारेमा समाजमा विभिन्न किसिमका धारणाहरु विद्यमान छन् । अहिलेसम्मको खोजहरुको निष्कर्षमा के भनिएको छ भने पुरुषहरुको यौन इच्छा स्थिर रहन्छ । तर महिलाको यौन इच्छा भने उसको महिनावारिको समयअनुसार फरक फरक हुन्छ ।

हाम्रो समाजमा यस अवस्थाका केटीहरु आफनो चाहना पूर्णरुपमा बाहिर ल्याउन सक्तैनन् । उनीहरु आफनो चाहनालाई दबाएर राख्छन् र प्रत्यक्षरुपमा आफ्नो इच्छालाई अगाडि आउन दिँदैनन् । १५ देखि १७ वर्षका किशोरावस्थाका केटीहरु श्रृङ्गार सामाग्रीको प्रयोग गर्ने, समूहमा आफूलाई सबैभन्दा राम्रो देखाउने, सफासुग्घरमा बढी ध्यान दिने जस्ता क्रियाकलापहरु गर्ने गर्दछन् । समय परिस्थिति र आफु बस्ने समाजको मूल्यमान्यता, रहनसहन अनुसार व्यक्तिहरुमा यौन चाहना फरक फरक हुन्छ । त्यसैले केटा वा केटीमध्ये कसलाई बढी यौन चाहना हुन्छ भन्न गाह्रो छ ।

अनुसन्धानहरुबाट के पत्ता लागेको छ भने महिलाको महिनावारि भएको पहिलो र तेस्रो हप्ता यौन उत्तेजनाको दृष्टिकोणबाट सहज अवस्था हो भने बाँकी हप्ता भने उसको लागि यौन उत्तेजना उत्पन्न गराउन केही असहज समय भनेर मानिन्छ । यसको कारक तत्व भने राग रसहरुको उत्पादन र त्यसको प्रभाव नै मानिएको छ । केही केटीहरुमा किशोरावस्थाको पूर्वावस्था ९१०–१४ वर्ष० मा यौन चाहना सुषुप्त रुपमा रहन्छ । मध्य किशोरावस्थामा ९१५–१७ वर्ष० यौन चाहना पूर्णरुपमा सक्रिय रहन्छ । तर यही उमेरका केटीहरु भने किशोरहरुको तुलनामा केही बढी भावुक हुने, यौन चाहनातिर भन्दा बढी सम्बन्ध विस्तारतिर ध्यान दिने भएकोले समाजमा केटाभन्दा केटीको यौन चाहना बढी हुन्छ भन्ने धारणा फैलिएको हो ।

महिलाले कसरी गर्छन् हस्तमैथुन !
महिलाको सन्दर्भमा योनिलाई नै प्रमुख यौनअङ्ग मानिन्छ । यद्यपि महिलाका अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले सम्बेदनशील हुन्छन् । जस्तै– भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगांकुर, स्तन आदि । त्यसबाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म (छाला) लाई हामीले यौन अङ्गका रूपमा नलिए पनि हामीले पाउने धेरैजसो यौन सुख यही अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं । जाँध, तिघ्राको भित्री भाग, धाँटी, काखी आदि यौन संवेदनशील हुन सक्छन् । स्पर्शको अनुभति विभिन्न किसिमका हुन सक्छन्, जस्तै कि मर्दन, हल्का स्पर्श, सुमसुम्याइ आदि । पुरुषको तुलनामा महिलाहरूले हस्तमैथुन गर्ने तरिकामा बढी विविधता हुन्छ । महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गरेको पाइन्छ । हस्तमैथुन गर्दा यौन परिकल्पना एउटा महत्वपूर्ण पक्ष हो । हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र त्यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर थप आनन्द प्राप्त हुन्छ ।

भगांकुर चलाउनु- भगांकुर चलाउनु वा त्यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो । यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्र भगांकुरलाई नै मानिन्छ । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ । त्यसलाई चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, विस्तार हल्लाउने वा जोडले हल्लाउने वा त्यसलाई कुनै वस्तुले थिच्ने जस्ता अनेक उपाय अपनाउन सकिन्छ । पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजना प्रदान गर्ने कुराका रूपमा लिएका छन् ।

योनिमा केही पसाउनु- योनिमा केही पसाएर यौन आनन्द लिन सकिन्छ । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस इसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ । त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन । त्यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नु पर्ने हुन्छ । यौन प्रसाधनको प्रयोग-भगांकुर होस वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ । औला बहुउपयोगी हुने भएकाले त्यसलाई चाहेअनुरूपको दबाब, गति वा तरिकाले चलाउन सकिन्छ जसले आनन्द थप्छ । त्यसबाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौन आनन्द पाउने कुरामा सहायक हुन्छन् ।

अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न थालेका छन् । कतिपयले पुरूषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन् । अंग्रेजीमा खष्दचबतयचक भनिने यौन प्रसाधन विभिन्न आकार–प्रकारमा उपलब्ध हुन्छन् । तुलनात्मक रूपमा यसको प्रयोगबाट यौन आनन्द प्राप्त गर्न सजिलो हुनाले पनि कैयौं महिलाले यसलाई मन पराउँदै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार