बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • मार्तडी बजारमा रहेका मासु तथा डेरी पसल अनुगमन

मार्तडी बजारमा रहेका मासु तथा डेरी पसल अनुगमन

  • बिहिबार, जेष्ठ ३०, २०७६
मार्तडी बजारमा रहेका मासु तथा डेरी पसल अनुगमन

बडिमालिका समचार
जेठ २९ बाजुरा
सदरमुकाम मार्तडीमा रहेका मासु तथा डेरी पसलको अनुगमन गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको आयोजनामा बजार अनुगमन गरीएको हो । अनुगमनमा बडिमालिका नगरपालिका, जिल्ला प्रशासन, उद्योग बाणीज्य संघ, प्रहरी, पत्ररकार, सरोकारवाला सहितले अनुगमन गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डा. शंकर पाण्डेले वताएका छन् ।
मार्तडीमा रहेका ११ पसलको अनुगमन गरीएको छ । अनुगमनका क्रममा कुनै पनि पसलले मुल्य सुचि नराखेको पाईएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका शिद्धराज जैशीले बताएका छन् । अनुगमनमा १३ वटा मापदण्ड हेरिएको थियो । सरसफाईको ब्यबस्थापन्, मुल्य सुचि, दर्ता नबिकरण डिप फ्रिजको ब्यबस्थापन हेरीएको थियो । धेरै पसलले मापदण्ड अनुसार ब्यबसाहय नगरेकोले ब्यबसाहहरुलाई सुझाब दिएको कार्यलयले जनाएको छ ।
सदरमुकाम मार्तडीमा बजार अनुगमन हुने भएपनि अन्य स्थानिय बजारमा भने बजार अनुगमन नहुने गरेका छन् । कोल्टि, पिलिचौर, बाम्का, बेतालमाण्डौ लगायतका स्थानिय बजारमा अनुगमन नहुने गरेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार