आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • प्रितम आचार्य इटहरीका बाल सद्भावना दूत

प्रितम आचार्य इटहरीका बाल सद्भावना दूत

  • बुधबार, जेष्ठ २९, २०७६
प्रितम आचार्य इटहरीका बाल सद्भावना दूत

इटहरी : बाल गायक प्रितम आचार्यलाई इटहरी उपमहानगरपालिकाले बाल सद्भावना दूत घोषित गरेको छ । इटहरी उपमहानगरपालिकाले मंगलबार सम्मान कार्यक्रम गर्दै ११ वर्षीय प्रितमलाई बाल सद्भावनादूत बनाएको हो ।

उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले उनलाई सम्मान गर्दै प्रितमका कारण नगरको नाम अन्तर्राष्ट्रिय तहसम्म पुगेकोमा खुसी व्यक्त गरिन् । उनले प्रितम ठूलो भएपछि पनि सद्भावना दूतकै रुपमा रहने बताइन् ।

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव बिमलीलेसमेत प्रितमलाई सम्मान गरे।

भारतीय टेलिभिजन च्यानल जीटीभीको ‘सारेगमप लिटिल चाम्स’ रियालिटी सो सहभागी भएका प्रितम तेस्रो भएका थिए । इटहरी र नेपालको नाम राखेको भन्दै उनलाई इटहरी उपमहानगरपालिकाले सम्मान गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार