सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगनाथ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक सुरूवात

जगनाथ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक सुरूवात

  • सोमवार, जेष्ठ २७, २०७६
जगनाथ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक सुरूवात

लक्ष्मीराज पाध्याय
बाजुरा २७ जेठ
बाजुरा जिल्लाको जगनाथ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको आजदेखी औपचारिक सुरूवात गरिएको छ । जगन्नाथ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक सुरूवात गरिएको रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् । गाउँ पालिका अध्यक्ष काली बहादुर शाहीले गाँउपालिकाको घेरवारको शिलान्यास गरेर कार्यक्रमको सुभारम्भ गरेको संयोजक जोशीले बताएका छन् । गाउँपालिकाको आयोजनामा एक औपचारीक कार्यक्रमको आयोजना गरि कार्यक्रम सुभारम्भ गरिएको गाउँपालिकाले बताएको छ । जगनाथ गाउँपालिका अध्यक्ष काली बहादुर शाहीको अध्यक्षतामा कार्यक्रमको उद्धघाटन गरिएको गाउँपालिकाले बताएको छ । कार्यक्रमको बारेमा जानकारी प्रमुख प्रशासकिय अधिकृत बिनोद प्रशाद गैरेले जानकारी गराएको बताएको छ ।
कार्यक्रममा जगनाथ गाउँपालिकाका सबै वडाहरुमा वडाका वडा अध्यक्ष, वडा सचिव, कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संञ्चालन तथा व्यवस्थापनको विषयमा छलफल गरिएको जगनाथ नगरपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिएका छन् । त्यस्तै कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार आयोजनाको ढाँचा, आयोजना छनौट गर्दा प्राथमिकतामा राख्नुपर्ने कुराहरु, आयोजनाका प्रकार, स्थानीय स्तरमा आयोजनाको कार्यान्वयन, समन्वय, अनुगमन, निर्देशन र संयोजन, बजेट व्यवस्थापनका तथा रोजगार व्यवस्थापन सूचना प्रणाली जस्ता विषयमा छलफल गरि कार्यक्रमको शुभारम्भ गरिएको जोशीले बताए । आयोजनाका प्रकार अन्तर्गत सडक निर्माण तथा मर्मत, कृषि तथा सिंचाई, ग्रामीण खानेपानी, शिक्षा, वन तथा जलाधार,पर्यटन तथा स्थानीय आवश्यकता अनुसारका अन्य श्रम प्रधान आयोजनाहरु रोजगार कार्यक्रममा रहेको बताएको छ । वडा स्थरबाटै छनोट गरेकको र वडा स्थरमै कार्यक्रम गरिने बताएको छ । नेपाल सरकारको मापदण्डका आधारमा रोजगार कार्यक्रमका लागि ६ वटा वडा बाट गरि जम्मा १३५ जना छनौट गरिएको बताएको छ । जसमा वडा न १ बाट २३ जना, वडा न २ बाट २२ जना, वडा न ३ बाट २२ जना, वडा न ४ बाट २३ जना, वडा न ५ बाट २२ जना, वडा न ६ बाट २३ जना जम्मा १३५ जना रहेको संयोजक जोशीले बताएका छन् ।
कामदार र योजना छनोट गरि कामको शुरूवात गरिएकोछ । कामदारले प्रतिदिन रू ५१७। का दरले पाँउने छन । यस बर्ष छनौट भएका कामदारले ३० दिन काम गर्नु पर्ने, बैंक खाता अनिवार्य र उनिहरूले काम गरेको पारिश्रमिक बैंक खातामा जम्मा गरिने बताएको छ । यस बर्षका लागी गाउँपालिकामा वडा नं १ मा सरस्वती मा.वि.को घेरवार , वडा नं २ मा सामुदायिक स्वास्थ्य ईकाइको फिल्ड निर्माण र घेरवार, वडा नं ३ को महाँदेव माणुको घेरबार र गेट निर्माण
वडा नं ४ मा थारीकाँडा खानेपानि निर्माण र पाइपलाइन मर्मत र धारा निर्माण,
वडा नं ५ र ६ को देवलकोट मा.वि.को फिल्ड र घेरवार निर्माण त्यसै गरी गाँउपालिकाको घेरवार रहेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार