• होमपेज
  • कला /साहित्य
  • कहिले रून्छ सुस्ता हजुर कहिले कालापानी

कहिले रून्छ सुस्ता हजुर कहिले कालापानी

  • आइतवार, जेष्ठ २६, २०७६
कहिले रून्छ सुस्ता हजुर कहिले कालापानी

– देबि काफ्ले

कहिले रून्छ सुस्ता हजुर कहिले कालापानी
नेपालीले रक्षा गरे हिजो नालापानी
उजीर लडे जीतगढीमा भक्ती देउथलमा
सुस्ता जोगाउने छोरो खैत नेपालमा
सुस्ता बचाउने छोरो खैत नेपालमा।।

सिमानामा बस्नेहरू मर्छन् पल पल
छिमेकीको रौद्र रूपले बनाउछ बेहाल
रातारातै सर्दै आउंछन हाम्रा जंगे पिल्लर
दुष्टका ती बन्दुकेनालमा सधैं हामी चिल्लर
दुष्टका ती बन्दुके नालमा सधैं हामी चिल्लर।।

नेपालीका छातीभरी बारूद बर्षाउंछ
सिमानाका चेलीबेटी सधैं तर्साउंछ
लिपुलेक लुछ्यो अरे काट्यो कालापानी
जमिनजति उतै सार्यो के गरी हो खानी
जमिनजति उतै लग्यो के गरी हो खानी

मोरङमा पिल्लर सार्यो कंचनपुरमा गोली
कैले आउंछ हाम्रा नेता तिम्रा मुखमा बोली
कि त देखाऊ देशभक्ती बन देशको छोरा
स्वाभिमान बन अब हे नेपाली छोरा
स्वाभिमान बन अब हे नेपाली छोरा।।

स्वर्गबाट ती शहिदले नियाल्दै छन् अरे
आमा रूंदा शहिदहरु ढली मुर्छा परे
नेपाल आमा रूंदा तिम्रो छाती चिरीन्न र
चोक्टा बनाई लुछी लांदा छाती पिरीन्न र
चोक्टा बनाई लुछी लांदा छाती पिरीन्न र???

??? जननीजन्म भूमिश्च स्वर्गादपि गरीयसी???

चर्चामा

सम्बन्धित समाचार