• होमपेज
  • समाज
  • सुर्खेतमा स्कूलबाट घर जाँदै गरेकी नौ वर्षीया बालिका बलात्कृत

सुर्खेतमा स्कूलबाट घर जाँदै गरेकी नौ वर्षीया बालिका बलात्कृत

  • शुक्रबार, जेष्ठ २४, २०७६
सुर्खेतमा स्कूलबाट घर जाँदै गरेकी नौ वर्षीया बालिका बलात्कृत

सुर्खेत : स्कूलबाट घर फर्कँदै गरेकी नौ वर्षीया बालिका जंगलमा बलात्कृत भएकी छिन्। मंगलबार स्कूल छुट्टी भएपछि घरतर्फ जाँदै गरेकी बालिकालाई १८ वर्षीय अमित कुमालले घर पु¥याउने भन्दै फलाटे सामुदायिक वनको नर्सरीमा पु¥याएर बलात्कार गरेको प्रहरीले जनाएको छ। स्कूलबाट घर फर्कदै गरेकी बालिकालाई साँझ साढे चार बजेतिर घर पु¥याउने भन्दै सामुदायिक वनको नर्सरीमा लगेर कुमालले बलात्कार भएको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ। प्रहरीले बलात्कारमा संलग्न कुमाललाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेको छ।

चर्चामा

सम्बन्धित समाचार