सामान्य चोट लागेर चेकजाचँ गराउन गाउँकै स्वास्थ्य चौकी गएकी ज्यास्मीनको हात डाक्टरले प्लास्टर गरेपछी बाङगीएको छ ।
कैलालीको गौरीगंगा नगरपालीका १ घर भएकी १३ बर्षीया चौधरीको गत बैशाख अन्तीम साता हातमा सामान्य चोट लागेपछी गाउँकै प्राथमीक स्वास्थ्य केन्द्र चौमालामा हात प्लास्टर गराएकी थिईन् ।
पलास्टर गरेको २१ दिनपछी खोल्दा हात बाङगीएको र तुरुन्त अप्रेशन गर्नुपर्ने देखीएको छ । बाङगीएको हात अप्रेशन गरेमात्रै ठिक हुने हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टरले सुझाव दिएका छन् ।
हात प्लास्टर गरेको अवस्थामा दुख्ने र सुन्नीने समस्या देखीएपछी सोही स्वास्थ्य केन्द्रमा देखाउदा सामान्य दुखाई भएको भन्दै ओषधी दिएर फिर्ता पठाउने गरेका ज्यास्मीनका मामा दिपक चौधरीले बताए ।
हात पलास्टर गर्दा अस्पतालमा बिशेषज्ञ डाक्टर हुदाहुदै पनी सामान्य अहेवलाई गर्न लगाएको र उपचारमा डाक्टरले लापरबाही गरेको आरोप लगाए ।
स्वास्थ्य केन्द्र प्रमुख अश्मिन चौहानले आफुहरुबाट लापरबाही नभएको दाबी गरे । स्वास्थ्य कैन्द्रका अहेव उमेश भट्टले बिरामीको भाचिएको हात पलास्टर गरेको र उनि सोही क्षेत्रमा लामो समयदेखी अनुभवी रहेको चौहानले बताए ।
पीडीत परीवारले डाक्टरले उपचारमा लापरबाही गरी बिरामीको स्वास्थ्यमाथी खेलबाड गर्ने स्वास्थ्यकर्मीलाई कारबाही र पीडीतलाई उचित क्षेतीपुर्तीको माग सहीत नगरपालीकामा निवेदन दिएका छन् ।
यता गौरीगंगा नगरपालीका प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीले नगरपालीकाले स्वास्थ्य शाखा प्रमुखको नेतृत्वमा छानविन समीती गठ्न गरेको बताए । समीतीले निकालेको निष्कर्षमा कारबाही पक्रिया अगाडी बढाउने जानकारी दिए ।