• होमपेज
  • राजनीति
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने

  • मङ्लबार, जेष्ठ २१, २०७६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने

गृहकार्य नपुगेको भन्दै स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच पोलिटब्युरो गठन र केन्द्रीय कमिटीको कार्य्विभाजनबारे पटक पटक छलफल भइरहेको छ । अध्यक्षद्वय बीचमा आईतबार पनि छलफल भएको

थियो । बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय कार्यसमितिको कार्यविभाजनको विषयमा टुङ्गो लगाउने छ ।

दुई अध्यक्षको बीचमा छलफल नटुङ्गिएपछि हिजो बस्ने भनिएको बैठक स्थगित गरिएको थियो ।  हिजो पनि अध्यक्षद्वय बीच छलफल भयो ।

यसअघि जेठ १८ गतेका लागि सचिवालयको बैठक तय गरेको थियो तर अध्यक्षद्वय व्यस्त भएको कारण २० गतेका लागि सारिएको थियो ।

महासचिव विष्णु पौडेलले पोलिटब्युरो गठन तथा कार्य्विभाजनको विषयमा नेताहरूको बीचमा अनौपचारिक छलफल भएको जानकारी दिनुभयो ।

पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीबाट १ सय ४७ जना पोलिटब्युरो सदस्य चयन गर्नुपर्ने हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार