बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • खेलकुद नै नगरको समृद्धीको आधार हो : नगर प्रमुख रावल

खेलकुद नै नगरको समृद्धीको आधार हो : नगर प्रमुख रावल

  • आइतवार, जेष्ठ १९, २०७६
खेलकुद नै नगरको समृद्धीको आधार हो : नगर प्रमुख रावल

राम बहादुर वि.क.
बाजुरा १९ जेठ
समृद्ध नगर बनाउनका लागि खेलकुद क्षेत्र आवश्यक रहेको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले बताएका छन् ।
युवा सक्षम भए नगरपालिकाको विकासमा टेवा पुग्ने नगर प्रमुख रावलले बताए । उनले खुलकुद क्षेत्रलाइ आफ्नो नगरपालिका पछाडी नहटाउने बताएका छन् ।
स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद ,सवैका लागी खेलकुद भन्ने मुल नाराका साथ त्रिवेणी नगरपालिकामा दोस्रो मेयर कप खुल्ला पुरुष भलिवल प्रतियोगिताको आयोजना गरिएको छ ।
त्रिवेणी नगरपालिकाको आर्थिक सहयोग र कैलाशेश्वरी माध्यामिक विद्यालय थुमाको आयोजनामा दोस्रो मेयर कप खुल्ला पुरुष भलिवल प्रतियोगिता विद्यालय स्तरिय संचालन गरिएको भरत बुढाले बताएका छन् ।
उक्त भलिवल प्रतियोगितामा त्रिवेणी नगरपालिका भित्र रहेका २० ओटा विद्यालयहरुको सहभागिता रहेको थियो । विद्यार्थी र युवाहरुको खेलकुदमा सहभागिता गर्न आफ्नो क्षमता अविवृद्धी गर्नका लागी भलिवल प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । साे कार्यक्रको आयोजना त्रिवेणी नगरपालिका नगरप्रमुख रामसिहं रावलको प्रमुख आथित्यमा संचालन गरिएको थियाे ।

चर्चामा

सम्बन्धित समाचार