• होमपेज
  • अर्थ/वाणिज्य
  • सुमार्गीले भने, यस्तै हो भने विदेशी लगानी कसरी ल्याउने ?

सुमार्गीले भने, यस्तै हो भने विदेशी लगानी कसरी ल्याउने ?

  • शनिबार, जेष्ठ १८, २०७६
सुमार्गीले भने, यस्तै हो भने विदेशी लगानी कसरी ल्याउने ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले व्यवसायी अजयराज सुमार्गीका नाममा रहेका विभिन्न २२ वटा बैंक खाता रोक्का गरेको छ । सुमार्गीलाई अवैधानिक रुपमा विदेशी लगानी भित्राएको आरोप लाग्दै आएको छ ।
स्रोतका अनुसार राष्ट्र बैंकले सुमार्गी, उनको परिवार र सुमार्गी संलग्न रहेका सबै मिडिया तथा संघ–संस्थाका बैंक खाताहरु समेत रोक्का गरेको हो । यद्यपि सुमार्गीले भने, ‘बैंक खाता रोक्का गरेकोबारे आफुलाई कुनै जानकारी नभएको र राष्ट्र बैंकको पत्र समेत आफुले नपाएको प्रतिकृया दिएका छन् । उनले रातोपाटीसँग संक्षिप्त कुरा गर्दै भने, ‘यदि राष्ट्र बैंकको यस्तै रवैया रहिरहने हो भने विदेशी लगानी कसरी ल्याउने ? कसरी व्यवसाय गर्ने ? यस्तै हो भने व्यवसाय गर्न गाह्रो हुन्छ ।’

उनले विदेशी लगानी भित्र्यउने सरकारको नीति भए पनि राष्ट्र बैंकनै यस्तो तगारो भएपछि विदेशी लगानीकर्ताहरु हच्किने समेत बताए ।   अदालतको फैसला नआउँदै राष्ट्र बैंकले आफ्नो कारोबार गर्ने बैंक खाता रोक्का गर्नु अन्याय हुने पनि सुमार्गीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार