• होमपेज
  • कला /साहित्य
  • प्रितम सेमिफाइनलमा, गीत सुनेपछि जजले भने, ‘गीत होइन जादु भएजस्तो लाग्यो’ (भिडियो)

प्रितम सेमिफाइनलमा, गीत सुनेपछि जजले भने, ‘गीत होइन जादु भएजस्तो लाग्यो’ (भिडियो)

  • शुक्रबार, जेष्ठ १७, २०७६
प्रितम सेमिफाइनलमा, गीत सुनेपछि जजले भने, ‘गीत होइन जादु भएजस्तो लाग्यो’ (भिडियो)

इटहरी । इटहरीका गायक प्रितम आचार्य भारतीय रियालिटी शो सारेगमपको सेमिफाइनलमा पुगेका छन् । उनले सेमिफाइनलमा पनि जजहरुको मन जितेका छन् । उनको लुट गए … बोलको गीत गाएको प्रोमो सार्वजनिक भएको छ । जसमा उनलाई जजहरुले स्टेजमै गएर बोकेको देखाइएको छ । त्यती मात्र होइन जज बसेका कलाकार आनन्द राज आनन्दले उनको प्रस्तुती आफ्नो लागी यादगार प्रस्तुती भनेका छन् । अर्का जजले थपेका छन्, ‘यहाँ गीत होइन जादु भइरहेजस्तो लाग्यो, मेरो जीवनमा ब्रेकअप भएको छैन, तर यो गीत सुन्दा भएजस्तै लाग्यो ।’

पृतम आचार्य

प्रितम आचार्य हेर्दा छोटोछोटो कद गहुगरो वर्ण मिजासिलो स्वभाव प्राय जसो हास्दै बोल्ने उनको बानि जसले हरकोहिलाइ नजिक बनाई हाल्थ्यो ।सानै नै थिए ११ बर्षमै को पो हिमालको आकार लिन सक्थ्यो र ।

निकै सानो उमेरदेखि नै संगितप्रति उनको अथाहा मोहले पनि होला आज उनी नेपाली बाबू भन्दै अन्तर्राष्ट्रिय जगतमा पनि निकै परिचित छन् ।आधुनिक साथै सास्त्रिय संगितमा बडो रुचि दिने साथै सबै प्रकारका गितलाई अन्याय नदिनु उसको खुबि भनौ कला भनौ यात जन्म नै संगित अनि गायनकै लागि थियो भन्दा कसैको बिपक्षमा मत नआउला ।

गायन सग-सगै उनले आफ्नो पढाईलाई पनि निरन्तरता दिदै आईरहेका छन् ।पढाईमा मध्यमवर्गमा गनिए पनि उसको सम्पूर्ण खर्चहरु स्कुलले लिएको थिएन् साथै केही रकम उल्टै उपलब्ध गराईदेको पनि छ ।निकै सानो उमेरमै कान्तिपुरबाट प्रसारण हुने `सर्सला आईडल´का प्रथम रनरअप समेत रहिसकेकोले पनि होला हर कुनै स्कुलले प्रितमको आगमनको चाहात राख्नु नौलो बिषय भएन् ।

Ap1 टेलिभिजनबाट प्रसारित नेपाल आईडलको ग्रान्ड फिनाले भन्दा अगावै प्रतेक प्रतिस्पर्धिलाई आफ्नो गाउठाउ जानदिई गायन प्रस्तुत गर्नुपर्ने दिनै पृतमले झापामा सुमित पाठकसग पनि स्टेज सेयर गरेका थिए ।उनी हर समय सक्रिय रहे सामाजिक संजाल युटुबमा उनका बिसौ ,पचासौ गायन कभर साथै मिउजिक भिडियो साथै मोडलिङका यत्रतत्र भिडियोहरु प्रसस्त देख्न सकिन्छ ।

पृतमको प्रस्तुतीमा जजहरु रोएको देखाइएको छ । कार्यक्रम यही शनिबार र आइतबार राती ९ बजे प्रशारण हुँदैछ । हेरौं प्रोमो

चर्चामा

सम्बन्धित समाचार